लागू औषध गाँजासहित एक पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
फागुन ८, २०८०
arrest-generic_650x400_71463458726

पोखरा, ८ फागुन । प्रहरीले लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरको हेटौडा नगर पालिका वडा नं. १८ बस्ने २९ वर्षीय भिम बहादुर घलानलाई ३ किलो गाँजासहित पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउस स्थित वडा प्रहरी कार्यालय गगनगौडाको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा नारायणगढबाट पोखरातर्फ आउदै गरेको बसबाट पक्राउ गरेको थियो ।

कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी निजमाथि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives