पोखरा, ५ फागुन । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार पाखुरीकोट गाउँ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसीमा आयोजित दोस्रो संस्करणको सोंथर बेँसी टारी बजार कृषि, पर्यटन, संस्कृति तथा खेलकुद मेला सकिएको छ ।
सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवद्र्वन, कृषि र पर्यटन भन्ने मूल नाराका साथ सोंथर बेँसी विकास समितिले फाल्गुन १ र २ गते मेला गरेको हो ।
मेला उत्साहजन रुपमा सफल भएको मेला आयोजक समितिका अध्यक्ष एवं मादी ८ का जनप्रतिनिधि ओम प्रकाश गुरुङले बताउनुभयो । मेलाको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ्ले र समापन प्रतिनिधि सभा सदस्य शिव नेपाली, पाखुरीकोट गाउँका पूर्व वडा अध्यक्ष युवराज गुरुङले गर्नुभयो ।
मेलामा आयोजित फुटबल प्रतियोगितामा ३० टीम सहभागी मध्ये कास्कीको मादी गाउँपालिका ८ स्थित पाखुरीकोट एफसीले विजयी हुँदै नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनलमा ट्राइब्रेकरमा पराजित हुँदै लमजुङको क्व्होलासोंथर गाउँपालिका ५ स्थित सिङ्दी एफसीले उपविजेतामा चित्त बुझाउदै नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै मेलामा पहिलो पटक राखिएको खुल्ला गोरु जुधाई प्रतियोगितामा सोंथर बेँसीका किसान पदम बहादुर बिकको गोरु प्रथम हुँदै नगद ६ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो भने किसान प्रदिप गिरीको गोरु दोस्रो हुँदै नगद ४ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । गोरु जुधाई प्रतियोगितामा २० वटा गोरुको सहभागिता थियो ।
गोरु प्रदर्शन तथा जुधाईमा ल्याइएका सबै किसानहरुलाई प्रोत्साहनका लागी केहि रकम र प्रमाणपत्र दिइएको सचिव डिल्लीराज गिरीले जानकारी दिनुभयो ।
त्यसैगरी कृषि उत्पादित वस्तुको रुपमा आलु, कफी, मुला, उखु साथै खसी बोका प्रदर्शन गरिनुका साथै प्रदर्शनमा ल्याइएका सबैलाई प्रोत्साहन रकम र प्रमाणपत्र वितरण गरिएको थियो ।
मेलामा राखिएको भाग्यशाली चिठ्ठाको प्रथम बिजेता मादी ८ नागीधारका प्रतिश गुरुङ , दोस्रो हुने पोखरा ३० का पुर्ण बहादुर थापा र तृतीय हुने मादी १० भाचोकका दिर्गमान गुरुङ्ले क्रमश ३० केजीको खसी, २० केजीको बोका र ५ केजीको गिरिराज भाले प्राप्त गरेका थिए ।
त्यसैगरी १० टीम सहभागी रहेको सामूहिक नृत्य प्रतियोगितामा लम्तरी युवा क्लब भाचोकको समूह प्रथम र नागीधार सिर्जनशील युवा क्लबको समूह दोस्रो भएको थियो । त्यस्तै रसी तान्ने प्रतियोगिता
पुरुष तर्फ सोंथर बेँसी समूह ‘ए’ प्रथम, सोंथर बेँसी समूह ‘ए’ दोस्रो हुँदै क्रमशः ७ हजार र ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो भने महिला तर्फ प्रभात आवि प्रथम र लम्तरी युवा क्लब भाचोकको समुह दोस्रो हुँदै क्रमशः ६ हजार र ४ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा ४ देखि ८ सम्मका विधार्थीहरुका लागि सोंथर बेँसी लम्तरी पर्यटन प्रवद्र्वन विषयक बक्तृत्वकला प्रतियोगितामा जनमन्दिर आवि थुम्सीकोटका निति रानाभाट प्रथम, सेवामिलन आवि भाचोकका अमित क्षेत्री दोस्रो र जनकल्याण माविका सुरुची गुरुङ तृतीय हुनुभयो ।
कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुका लागि राखिएको पढाई प्रतियोगितामा जनमन्दिर आविका अतित रानाभाट प्रथम, सेवामिलन आवि भाचोकका शिशिर लामिछाने दोस्रो र नारायण आवि रबैडाँडाका सोनिका बिक तृतीय हुनुभयो ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
३५ वर्ष अघि त्यसभेककै निकै प्रख्यात रुपमा रहेको सोंथर बेँसी मेला विविध कारण स्थगित भएपछि पुन थप परिस्कृत गर्दै शुरुवात गर्दा स्थानीयमा छुट्टै खुसी र उत्साह भएको सोंथर बेँसी विकास समितिका उपाध्यक्ष आश बहादुर गुरुङ्ले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी