पोउवा संघको ७० औं स्थापना दिवस

राष्ट्र न्यूज सम्वाददाता
माघ २५, २०८०
PCCI

पोखरा, २५ माघ । पोखरा उद्योग वाणिज्य संघ ७० वर्षमा प्रवेश गरेको छ ।

उद्योगी÷व्यवसायीहरुको हितको रक्षा गर्ने उद्धेश्यले स्वर्गीय अमृतप्रसाद शेरचनको अध्यक्षतामा २०११ साल माघ २५ गते संघको स्थापना भएको थियो । यो पोखराको सवैभन्दा जेठो सामाजिक संस्था पनि हो ।

उद्योगी÷व्यवसायीहरुको हितका खातिर स्थापना भए पनि संघले पोखराको शैक्षिक, सामाजिक र भौतिक विकासमा महत्वपूर्ण योगदान गरेको छ ।

यहाँको बालमन्दिरदेखि पृथ्वीनारायण क्याम्पस,पोखरा विश्वविद्यालयसम्मका दर्जनौं शैक्षिक संस्थाको स्थापना र संचालनमा सघाएको संघले महेन्द्रपुल,पोखरा सभागृह, काहुँको धरहरादेखि सिद्धार्थ राजमार्ग निर्माण पनि गरेको संघका वर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले जनाउनुभयो ।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि निरन्तरको पैरवी तथा २०६९ सालमा रिले अनसनको नेतृत्व पनि संघले नै गरेको थियो ।

स्थापना दिवसको अवसरमा बिहीबार संघको सचिवालयमा झण्डाृेत्तोलन गरिएको छ । कार्यक्रममा संघका वर्तमान अध्यक्ष प्रजापतिसहित पूर्वअध्यक्षहरु राजेन्द्रकुमार लालचन,कृष्णमोहन श्रेष्ठ र विश्वशंकर पालिखे,वर्तमान पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको संघका महासचिव बलराम आचार्यले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives