वडा प्रहरी कार्यालय वगरमा स्तनपान कक्ष स्थापना

राष्ट्र न्यूज सम्वाददाता
माघ २२, २०८०
police photo

पोखरा, २२ माघ । वडा प्रहरी कार्यालय पोखरा— १ वगरमा स्तनपान कक्ष स्थापना गरिएको छ ।

महिला प्रहरी र सेवाग्राहीका बच्चाहरुलाई स्तनपानका लागि सजिलो बनाउन स्तनपान कक्ष स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा र पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष शाहारा प्रधानले संयुक्त रुपमा सो कक्षको उद्घाटन गर्नुभयो ।

पोखरा महानगर पालिका वडा नं. १ र स्थानीयको सहभागितामा १ लाख ६७ हजार ३ सय ७५ रुपैयाको लागतमा स्तनपान कक्ष निर्माण भएको स्तनपान कक्ष निर्माण उपभोक्त समितिका कोषाध्यक्ष चित्रबहादुर थापाले जानकारी दिनुभयो ।

कक्ष निर्माणमा वडा बाट ८७ हजार २ सय २६ उपभोक्ता समितिबाट ४२ हजार २ सय रुपैया संकलन भएकोमा अपुग २२ हजार २ सय ८७ रुपैया समाजसेवी सञ्जय अधिकारीले सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

उक्त स्तनपान कक्षमा भारतीय राजदुतावास पेन्सन वितरण कार्यलय रामवजार पोखराका कर्मचारी पोखरा—२० भलाम निवासी चेतबहादुर खत्रीले स्वर्गीय वुवा क्या.गंगाबहादुर खत्रीको स्मृतिमा १४ हजार पाँच सय वरावरको फर्निचर सामान सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक थापाले कार्यलयमा आवश्यकता तथा ओझेलमा परेको काम वडा प्रहरी कार्यालय वगरमा थालनी भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिका वडा नं.१ का वडा अध्यक्ष शाहारा प्रधानले सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षको स्थापना गरेको बताउँदै महिला प्रहरी तथा सेवाग्राहीलाई यसले सहजता महशुश गर्ने आफुले विश्वास लिएको उल्लेख गर्नुभयो ।

वडा प्रहरी कार्यलय वगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीले सहयोगी सबैलाई धन्यावाद दिदै वडलाई महिलामैत्री सँगै आम नागरीकलाई स्तरी सेवा दिन वडा सधै कटिवद्ध रहेको उल्लेख गर्नुभयो ।

यस अघि यस समितिले प्रहरी अधिकृत तथा जवान व्यारेक, शौचालय, भगवती मन्दिर, कार्यालय परिसर ढलान, महिला व्यारेक, कन्ट्रोल रुम लागयतका संरचना निर्माण गरिसकेको छ ।

स्तनपान कक्ष निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार रामविक्रम राणा, प्रहरी सहायक निरीक्षक बलबहादुर थापाले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives