हेम्जा वोर्डिङको फागुनमा वार्षिकोत्सव

राष्ट्र न्यूज सम्वाददाता
माघ २१, २०८०
hemja boarding school

पोखरा, २१ माघ । हेम्जा वोर्डिङ स्कुल पोखरा— २५ हेमजाले २८ औं वार्षिकोत्सव, अभिभावक दिवस मनाउने भएको छ ।

फागुन १ र २ गते दुई दिन वार्षिकोत्सव मनाउन लागेको विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलले जानकारी दिनुभयो ।

‘विश्वव्यापी महामारी कोरनाका कारण लामो समय विद्यालयको वार्षिकोत्सव कार्यक्रम हुन सकेन’ प्रिन्सिपल पौडेलले भन्नुभयो, ‘वार्षिकोत्सवलाई व्यवस्थित तवरले सम्पन्न गर्नका लागि दुई दिनको कार्यक्रम तय गरेका छौं ।’

कार्यक्रममा विगत ४ वर्षको शैक्षिक तथा २ वर्षको अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम रहेको छ ।

फागुन १ गते नर्सरी देखि कक्षा ३ सम्म र फागुन २ गते कक्षा ४ देखि १० सम्मको कार्यक्रम तय गरिएको छ ।

वार्षिकोत्सवमा यस विद्यालयबाट एस.एस.सी र एस.ई.ई.मा उत्र्तीण गरी उच्च तहमा पुगेका पूर्व विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

वार्षिकोत्सवलाई सफल बनाउनका लागि यस अघि विद्यालयले भूपू विद्यार्थीको भेला समेत आयोजना गरेको छ । वार्षिकोत्सवलाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमिति गठन गरेको विद्यालयका संस्थापक माधवशरण पौडेलले जानकारी दिनुभयो ।

वार्षिकोत्सवको पूर्व सन्ध्यामा अभिभावका खेल तथा भूपु विद्यार्थीका खेलहरुपनि समावेश गरिएको खेल शिक्षक विष्णु कुँवरले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives