पर्यटकलाई दुःख हैरानी दिने ६ जना पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
माघ १७, २०८०
arrest-generic_650x400_71463458726

पोखरा, १७ माघ । प्रहरीले लेकसाइडमा पर्यटकलाई दुःख हैरानी दिने ६ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड स्थित हल्लनचोक एरियामा पर्यकटहरुलाई दुःख हैरानी दिने, बाटो छेक्ने, व्याग तान्ने, होटल मिलाईदिन्छौ भनी पैसाको बार्गेनिङ गर्ने तथा सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति मच्चाउने जस्ता कार्यमा संलग्न रहेको भन्दै पक्राउ गरिएको हो ।

प्रहरीले पोखरा – ६ लेकसाइड बस्ने २२ वर्षीय सुदिप अर्याल, २६ वर्षीय संदिप गिरी, १९ वर्षीय सुमन शर्मा, २० वर्षीय नेत्र बहादुर प्रधान, २३ वर्षीय सुशील महतो, २६ वर्षीय राजन पौडेललाई पक्राउ गरेको हो ।

निजहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives