हिल प्वाइन्ट मा.विमा अन्तरविद्यालय स्तरीय चित्रकला प्रतियोगिता

राष्ट्र न्यूज सम्वाददाता
माघ १४, २०८०
Hill 1

पोखरा, १४ माघ । हिल प्वाइन्ट माध्यमिक विद्यालयले ४३ औँ वार्षिकोत्सवको सन्दर्भमा अन्तरविद्यालय स्तरीय चित्रकला प्रतियोगिता र चित्रकला प्रदर्शनी गरेको छ ।

प्रतियोगितामा बालप्रभात बोर्डिङ स्कूलकी छात्रा आकांक्षा खड्का प्रथम, बाल कल्याण मा .विकी छात्रा कृति गुरुङले द्वितीय र अमरसिंह नमुना माध्यमिक विद्यालयकी छात्रा सपनाले तृतीय स्थान हासिल गर्नुभएको छ ।

सैनिक आवासीय महाविद्यालयकी छात्रा एरिका के.सी सान्त्वना हुनुभयो । विजेता विद्यार्थीलाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्वि गराउन यस्ता कार्यक्रमले सहयोग पु¥याउने बताउनुभयो ।

विद्यालयका संस्थापक तथा प्राचार्य दिवाकर जैसीले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा पढाइका साथसाथै उनीहरुको प्रतिभा प्रस्फुटन भई चौतर्फी विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

निर्णायक मण्डल संयोजक प्राज्ञ रमेश श्रेष्ठले विद्यार्थीहरूमा रहेका अन्तरनिहित प्रतिभाको प्रस्फुटनका लागि सबैले वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजुली बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सह–प्राचार्य गंगाराम पौडेलले सञ्चालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives