जिप चोरी गर्ने पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
माघ ३, २०८०
arrest-generic_650x400_71463458726

पोखरा, ३ माघ । पोखरामा जिप चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले पोखरा महानगरपालिका वडा नं १४ खाल्टेमसिना बस्ने २० वर्षीय गोविन्द परियारलाई पक्राउ गरेको हो ।

पोखरा १० अमरसिंह स्कूलको खेल मैदानमा पार्किङ गरिराखेको ग.२.च २३४३ नम्बरको बलेरो जिप चोरी गरेको अभियोगमा परियारलाई पक्राउ गरिएको हो ।

पोखरा १४ समितरामा जिप चलाइरहेको अवस्था पक्राउ गरिएको प्रहरीले जनाएको छ । चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives