कास्की काँग्रेसका कोषाध्यक्ष कर्माचार्यलाई मातृशोक

राष्ट्र न्यूज सम्वाददाता
पौष २६, २०८०
WhatsApp Image 2024-01-11 at 14.18.26_aff8cc3e

पोखरा, २६ पुस । नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष माइकल कर्माचार्यलाई मातृशोक परेको छ ।

पोखराका प्रतिष्ठित उद्योगपति समेत रहनुभएका कर्माचार्यकी आमा लक्ष्मी सुन्दरी कर्मचार्यको ७० वर्षको उमेरमा मंगलबार साँझ निधन भएको थियो । भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

लामो समयदेखि मृगौला रोगबाट ग्रसित भएपनि पछिल्लो समयमा भने हृदयघातका कारण मृत्यु भएको हो । उहाँका पति चन्द्रकृष्ण कर्माचार्य, एक छोरा माइकल कर्माचार्य, छोरीहरु रेखा र नितु कर्मचार्य हुनुहुन्छ भने दुई नाति र तिन नातिनी हुनुहुन्छ ।

स्व. लक्ष्मी सुन्दरी कर्मचार्यका पति चन्द्रकृष्ण कर्माचार्य पोखरेली औद्योगिक घराना कर्माचार्य ग्रुपका अध्यक्ष हुनुहुन्छ भने नेपाल उद्योग वाणिज्य महासंघको पूर्व केन्द्रिय सदस्य एवं नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष समेत हुनुुहुन्छ ।

स्व. कर्माचार्यको पार्थिव शरीर बिहिबार नेपाल ल्याइने र शुक्रबार बिहान रामघाटमा अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ । बिहान ९ः३० बजे पोखराको विजयपूर स्थित वहाँको निवासबाट शवयात्रा गरी उहाँको पार्थिव शरीर रामघाट (गीतामन्दिर तल) मा अत्येष्टि गरिने भएकाले शवयात्रा र अन्त्येष्टिमा सहभागि हुन काँग्रेसका नेता कार्यकर्ता, उद्यागी व्यवसायी, शुभेच्छुक, आफन्तहरुमा अनुरोध गर्दछौं ।

कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले स्व. कर्मचार्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ं। यस दुःखद् क्षणमा परिवारजना तथा आफन्तमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं, शोक विज्ञप्तिमा भनिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives