सोतीपसलको मंगला माविमा शिविर

राष्ट्र न्यूज सम्वाददाता
पौष २२, २०८०
Sibir.jpg sotipasal

पोखरा, २२ पुस । लायन्स क्लब अफ पोखरा हिमालयनले नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच, यौनजन्य संक्रमणको परिक्षण तथा उपचार गरिएको थियो ।

लमजुङगको मध्य नेपाल नगरपालिका वडा नं ३ स्थित मंगला माविको प्राङ्गमा आयोजित शिविरमा एक सय ३९ जना लाभान्वित हुनुभएको छ ।

शिविरको उद्घाटन गर्दै मध्य नेपाल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष केशव न्यौपानले जनतालाई केन्द्रमा राखेर गरिने सेवा उत्कृष्ट हुने बताउनुभयो ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले संघ सरकार, समुदाय र संघसंस्थासँग हातेमालो गर्दै ंअघि बढ्न चाहेको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा डिष्टिक ३२५ एल का कोचिफ एड्भाइजर तीर्थलाल श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौला, सहायक प्रधानाध्यापक श्रीधर घिमिरे लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा लायन्स क्लबले निर्माण गरेको विद्यार्थी संक्षिप्त अभिलेख कक्ष विद्यालयलाई हस्तान्तरण गरिएको थियो । क्लबका पूर्वअध्यक्ष हरि श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई कार्पेट सहयोग गर्नुभएको थियो ।

क्लबका अध्यक्ष नवीन नापितको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक अशोक गुरुङले स्वागत र प्रथम उपाध्यक्ष विष्णुमाया कायस्थले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives