पोखरा, १० पुस । नेपाली काँग्रेस कास्कीले प्रहरीले नेपाल विद्यार्थी संघ कास्कीका विद्यार्थी नेतामाथि गरेको धरपकड र लाठिचार्जको निन्दा एवं भत्सर्ना गरेको छ ।
नेपाल सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको गैर जिम्मेवारपूर्ण अभिव्यक्ति विरुद्व नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसले पुस ९ गते गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट भएको हस्तक्षेपको निन्दा गरेको हो ।
कास्की काँग्रेसका सभापति किशोरदत्त बरालद्वारा मंगलबार जारी विज्ञप्तिमा प्रहरीको लाठिचार्जबाट नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष डेक पुन गम्भिर घाइते भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थी नेता समेत पुनको हाल गण्डकी मेडिकल कलेजमा टाउँकोको सल्यक्रिया भई थप उपचारका क्रममा रहनु भएकाले शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ विज्ञप्तिमा भनिएको छं । विज्ञप्तिमा घाइते विद्यार्थी नेताको निःशुल्क उपचारका लागि नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।
साथै घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कारवाही गर्न माग गरिएको छ ।
Related News
सम्बन्धित समाचार
माछापुच्छे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी