पोखरामा कारले पैदल यात्रीलाई ठक्कर दिदाँ दुई जनाको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
पौष १०, २०८०
accident-600×0-11072017101555-1000×0-19112017013237-600×0

पोखरा, १० पुस । पोखरामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृतक एक जनाको सनाखत भएको छ भने अर्काको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बाग्लुङ्गको ढोरपाटन नगरपालिका वडा नं ६ घर भई हाल पोखरा – ३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्यालको मृृत्यु भएको हो । मृतक अर्का अन्दाजी ३५ वर्षीय पुरुष हुनुहुन्छ । उहाँको सनाखत हुन सकेको छैन ।

पोखरा – ५ पस्र्याङ्मा सवारी दुर्घटना भएको हो । बाग्लुङ्ग बसपार्कबाट पोखरा जिरो कि.मी तर्फ जाँदै गरेको बा.१३.च ३७२१ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते हुनुभएका दुवै जनालाई उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालक फरार रहेकाले खोजी कार्य अघि बढाइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives