पोखरा, ९ पुस । कास्कीको मादी गाउँपालिका ८ नागीधार पाखुरीकोट र १० भाचोक गाउँको संगम बेँसी, सोंथर बेँसीमा रहेको सोंथर बेँसी कृषक समूहका सदस्यहरुका लागि तालिम गरिएको छ ।
कृषि ज्ञान केन्द्र कास्कीको आयोजनामा कृषकका लागि फलफूल बाली उत्पादन प्रविधि विषयक तालिम गरिएको हो ।
ज्ञान केन्द्रका प्रमुख किरण सिग्देल र कृषि अधिकृत रामकृष्ण आर्यलले प्राविधिक सल्लाह सुझाव, रोग किरा नियन्त्रणका उपायहरु, मलखात व्यवस्थापनका बारेमा सहजिकरण गर्नुभएको थियो ।
तालिम संगै कृषकहरुले लगाएका फलफूल बालीको स्थलगत अवलोकन सँगै फलफूल बालीको काँटछाँट गर्ने आरी, सिकेचर जस्ता औजारहरु पनि केन्द्रले वितरण गरेको सोंथर बेँसी कृषक समूहका अध्यक्ष इन्द्र गिरीले जानकारी दिनुभयो ।
सोंथर बेँसी कृषिको लागि उर्भर रहेको र सिंचाइ समेत भएकाले समूह सक्रिय भएमा कृषि सम्बन्धी धेरै योजनाहरु गर्न सकिने सम्भावना रहेको ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो।
गत साल समेत ज्ञान केन्द्रले समूहलाई तीन हजार के.जी बराबरको आलुको बिउँ र सिंचाइ व्यवस्थापनका लागि च्याम्बर निर्माण तथा सिंचाइ पाइप खरिदका लागि २ लाख सहयोग गरेको मादी ८ का जनप्रतिनिधि ओम प्रकाश गुरुङले जानकारी दिनुभयो ।
तालिममा सहभागि भएर कृषि सम्बन्धी महत्वपूर्ण कुराहरु सिक्न पाउँदा आफूलाई धेरै खुसी लागेको सोंथर बेँसी विकास समितिका उपाध्यक्ष आस बहादुर गुरुङको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा फागुन ११ गते प्रथम मौरी महोत्सव हुने
माछापुच्छ्रे गाउँपालिका सिधिङमा गायिका समिक्षालाई सम्मान
अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी