पोखरामा गीता जयन्ती

राष्ट्र न्यूज सम्वाददाता
पौष ७, २०८०
Shree krishana janmastami

पोखरा, ७ पुस । पोखरामा शनिवार गीता जयन्ती मनाइएको छ ।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (स्कोन) पोखराले विभिन्न कार्यक्रम गरी गीता जयन्ती मनाएको हो ।

यस जयन्तीका अवसरमा गीताका सन्देशहरु बाचन गर्ने, तुलादान गर्ने जस्ता कार्यक्रम गरिएको छ । त्यस्तै गीता जयन्ती आध्यात्मिक मोटरसाईकल ¥याली पनि गरिदै छ ।

¥यालीले राष्ट्र बैंक चोक, एयरपोर्ट, पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, सृजनाचोक, जरेवर, हल्लनचोक, लेकसाइड क्षेत्रको परिक्रमा गर्नेछ । जयन्तीको अवसरमा विभिन्न क्याम्पसहरुका विद्यार्थीलाई निःशुल्क गीताका पुस्तक पनि वितरण गरिएको छ ।

कार्यक्रममा झण्डै तीन सय भक्तजनको सहभागिता रहेको स्कोन पोखरा केन्द्रका प्रमुख अम्बुजा कृष्ण दासले जानकारी दिनुभयो ।

स्कोन पोखराले प्रत्यक शनिवार संत्सग, युवाहरुका लागि धार्मिक जागरण र सेमिनार जस्ता कार्यक्रम गरिएको अध्यक्ष सुबला गिरिधारी दासले जानकारी दिनुभयो । उहाँका अनुसार स्कोनका कार्यक्रममा हजारौ युवा सहभागी भैसकेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives