पोखरा,१८ मंसिर । पोखराको नयाँबजारमा मंसिर २१ गतेबाट सुरु हुने ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेलामा जेष्ठ नागरिक तथा अपाङ्ता भएकाहरुलाई प्रवेश निःशुल्क हुने भएको छ ।
मेला प्रवेशको लागि सर्वसाधारणको लागि एक सय रुपैयाँ र विद्यार्थीको हकमा ६० रुपैयाँ टिकट कायम गरिए पनि जेष्ठ नागरिक र अपाङ्ता भएकाहरुको सम्मानका निम्ति निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजक संस्था पोखरा उद्योग वािणज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिनुभयो ।
‘हामीले आयोजना गर्ने मेला उद्यमशीलता विकासको पुनित कार्यमा समर्पित छ,हामी मेलामा बढीभन्दा बढी अवलोकनकर्तालाई सहभागी गराएर उद्यमशीलताबारे जानकारी पस्कन चाहन्छौँ,’उहाँले भन्नुभयो,‘प्रवेश टिकटमा राखिएको शुल्कबाट संकलित रकम पनि महिला उद्यमीलता र व्यावसायिक तालिमहरुमा नै खर्चने हो,त्यसो त हामीले प्रवेश टिकटमै जाजरकोट भूकम्पपीडितका लागि १० रुपैयाँ छुट्याएका छौँ,सामाजिक उत्तरदायित्वबहन गर्न हामीले त्यसो गरेका हौँ ।’ उहाँका अनुसार विद्यार्थीको टिकटबाट भने भूकम्पपीडितको लागि ५ रुपैयाँ छुट्टयाइएको छ ।
मेलाको समुद्घाटनको दिन नजिकिँदै गर्दा अन्तिम चरणको तयारी भइरहेको महासचिव बलराम आचार्यले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरा महानगरपालिका तथा नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको मेलालाई पोखराको प्रतिष्ठित घराना लक्ष्मी हाउसको मुख्य प्रायोजन गरेको उहाँले बताउनुभयो ।
मेला पुस १ गतेसम्म जारी रहने तथा मेलामा सहभागीहरुलाई मनोरञ्जन दिलाउन सांस्कृतिक कार्यक्रम तथा खाजाको लागि रेष्टुरेण्टको व्यवस्था गरिएको पनि उहाँको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी