पोखरा, १६ मंसिर । पोखरा महानगरपालिका वडा नं १३ शहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा शनिवार यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका वडा नं १३ को परिषरमा आयोजित शिविरबाट एक सय २६ जना महिला लाभान्वित हुनुभएको छ ।
शिविरमा पाठेघरको मुखको क्यान्सर र यौनजन्य संक्रमणको परिक्षण गरी निःशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष किरण बरालले जानकारी दिनुभयो ।
शिविर उद्घाटन गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले पछिल्लो समय महिलाका लागि पाठेघरको मुखको क्यान्सर जटिल समस्याका रुपमा देखिएको बताउनुभयो ।उहाँले आमनागरिकले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
पोखरा महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष किरण बरालको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य सुुचित्रा तामाङ्गले स्वागत र स्वास्थ्य केन्द्रकी अहेब लीला गुरुङ्ले संचालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
हेमजामा फागुन ११ गते प्रथम मौरी महोत्सव हुने
माछापुच्छ्रे गाउँपालिका सिधिङमा गायिका समिक्षालाई सम्मान
अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी