एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग

३६ औ विश्व एड्स दिवसमा पोखरामा विविध कार्यक्रम गरिने

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १४, २०८०
AIDS

पोखरा, १४ मंसिर । एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग गरिएको छ ।

नयाँ पुस्ताको आवश्यकतालाई विशेष ध्यान दिएर नीति निर्माण गर्न माग गरिएको हो । सरकारले संक्रमितलाई सहयोग गरेपनि अझै अपर्याप्त भएको र नयाँ पुस्ताका लागि समस्या रहेको भन्दै अन्य नागरिक सरह नै कानूनी व्यवस्था गर्न माग गरिएको छ ।

राष्ट्रिय एचआईभी एड्स महासंघका केन्द्रीय सदस्य मनोज गुरुङले संक्रमित बालबालिकाको  सेवा÷सुविधालाई फराकिलो बनाउन माग गर्नुभयो । उहाँले संक्रमितलाई राज्य र समाजले बुझिदिए खुलेर आउँने वातावरण निर्माण हुने र उनीहरुका मानसिक तनाव कम हुने उल्लेख गर्नुभयो ।

हाल गण्डकीमा करिब दुई हजार आठ सय र कास्कीका १ हजार चार सय बढीले एआरटी सेवा लिइरहेका छन् । डर, लाञ्छना र भेदभावका कारण अझै संक्रमित खुल्न नसकेको राष्ट्रिय एचआइभी एड्स महासंघका गण्डकी फोकल पर्सन शान्त बहादुर रानाको भनाइ छ ।

उहाँका अनुसार नागरिकता अभावका कारण अझै ६ सय संक्रमित स्वास्थ्य बीमा सेवाबाट बञ्चित रहेको र उपकरणको अभावका कारण आठ जना संक्रमितले मृर्गाैला डायलासिस सेवा पाउँन सकेका छैनन् ।

यसैबीच, ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ‘ भन्ने मूल नाराका साथ शुक्रबार ३६ औं विश्व एड्स दिवस विविध कार्यक्रमसहित मनाइने भएको छ ।
स्वास्थ्यका क्षेत्रमा क्रियाशील सरकारी तथा गैर सरकारी संस्थाले पोखरामा पनि शुक्रबार सामूहिक रुपमा कार्यक्रम गर्न लागेका छन् ।

शुक्रबार एचआईभी स्क्रिनिङग, मैनवत्ति प्रज्ज्वलन, स्टेज शो, एसटिआई क्लिनिक संचालन, सिएबिए बालबालिकाका लागि न्यानो कपडा वितरण, साईलक ¥याली र मूल सामारोह जस्ता कार्यक्रम गरिने छ ।

Related News

सम्बन्धित समाचार

  • विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०८१
    पोखरा, १५ वैशाख । पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न…
  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…

Archives

Archives