पोखरा,२७ कात्तिक । लायन्स क्लब अफ पोखरा शितलचौतारीले पर्वतको लाङ्दीमा रहेको लाङ्दी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरेको छ ।
क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्य गरेको अध्यक्ष ललित कुँवरले बताउनुभयो । उहाँका अनुसार गाउँको सो विद्यालयमा पढ्ने सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई प्रोत्साहन दिनको लागि लाङ्दीमा सो कार्यक्रम आयोजना गरिएको हो ।
क्लबले यसअघि कास्कीकै बह्मरुपा माविमा डस्टबिन वितरण,पोखरा रंगशालामा वृक्षरोपण,पोखरा ३२ मा रहेको दुर्गा मन्दिर निर्माणमा पनि सघाएको छ । आवश्यकता पहिचान गर्दै सहयोगको हात फैलाउन क्लबले कन्जुस्याइँ नगर्ने अध्यक्ष कुँवरले उल्लेख गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
प्रहरीद्वारा पटका र आतसबाजीका सामग्री नियन्त्रण
पोखरामा प्लाष्टिकका फुुल गुच्छा र माला बिक्री वितरणमा रोक
संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस पोखरामा