पोखरा, २३ कात्तिक । पोखरामा पहिलो पटक मौलिक सस्कृति झल्कने देउसी भैलो महोत्सव हुने भएको छ ।
पोखरा टेलिभिजनको आयोजनामा हुन लागेको महोत्सवमा विभिन्न जातजाति बिषेश तथा समुदाय बिषेशको देउसी भैलो प्रर्दशन हुने भएको पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
‘देउसी भैलोलाई ब्यापक बनाउन र मौलिकता जोगाउन महोत्सवको रुपमा गरिएको पोखरा टेलिभिजनका प्रवन्ध र्निदेशक माधब पनेरुले बताउनुभयो ।
मूल्याङ्गकन समिति संयोजक बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले मौलिकतालाई महोत्सवका रुपमा नल्याउने हो भने हाम्रा परम्परा र संस्कृति हराउने अवस्था आइसकेको बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघको सभाहलमा कार्तिक २५ गते बिहान ११ बजे आयोजना हुने महोत्सवमा दर्शकका लागि निःशुल्क प्रवेशको ब्यबस्था मिलाइएको महोत्सव संयोजक घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
महोत्सवमा सहभागी टिमले नगद पाँच हजार नगद प्राप्त गर्ने छन् । उत्कृष्ट टिमलाई देउसी भैलो च्याम्पिएन घोषित गरिनेछ । च्याम्पिएन हुने टिमले अवार्ड सहित रु १५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई