मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २, २०८०
2 (5)

पोखरा, २ कात्तिक । पोखरा महानगरपालिकाले बिहिबार पोखराका ८ वटा मासु पसलमा अनुुगमन गरेको छ ।

नेपालीहरुको ठूूलो चाड दशैँसंगै महानगरले मासु पसलमा अनुुगमन गरेको हो । अनुुगमन टोलीले चार वटाु पसललाई ५ देखि २० हजार रुपैयाँ सम्म जरिवाना गरेको छ ।

महानगरको अनुुगमन टोलीले ६५ हजार रुपैयाँ जरिवाना र १२ हजार ८ सय ५३ रुपैयाँको मासुु जन्य र खाद्यय सामाग्री नष्ट गरिएको छ ।

अनुगमनका क्रममा पोखरा–७ मा रहेको सेभेन स्टार फुुड् एण्ड मार्ट, पोखरा–६ मा सञ्चालन रहेको पोखरा मिटमार्ट, पोखरा–१७ मा रहेको फ्रेस फ्रेस हाउसलाई २०÷२० हजार रुपैयाँ जरिवाना गरिएको छ भने पोखरा–१७ कै इम्ररान फ्रेस हाउसलाई नगद ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

अनुुगमन टोलीले अनुुगमनकै क्रममा जारीवाना गरेको जिल्ला प्रशासन कार्यालयमा शुक्रबारै उपस्थित हुन लिखित निर्देशन समेत दिएको छ ।

पोखरा–१७ मा रहेको फ्रेस फ्रेस हाउसले मासु, फलफुुल, तरकारी, दुुग्धजन्य वस्तुु एकै फ्रिजमा राखेर बिक्री गरेको तथा म्याद गुुज्रेका सामना फेला परेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(क), (ख), (ग) बमोजिम २० हजार रुपैयाँ जरिवना गरिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।

उक्त पसलबाट राजमा साँढे चार केजी, कुुखुराको मासु नौ किलो छ सय ग्राम, प्रराउण्ड नौ सय ग्राम, ससेज चार प्याकेट, च्याउ लगायतका ६ हजार रुपैयाँ बराबरको मासु जन्य र खाद्यय सामाग्री नष्ट गरिएको छ ।

यता पोखरा–६मा सञ्चालनमा रहेको पोखरा मिट मार्टमा लेबल नखुलेको बटटराई चरा तथा बंगुरको मासु प्याकिङ गरेको र अन्य सामाग्रीसंगै फ्रिजमा राखेको भेटिएको, नापतौलमा किलाकाटा दर्ता नगरेको, पोखरा महानगरमा पनि दर्ता नभएको, आन्तरिक राजस्व कार्यालय, उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता नगरेको, बहाल कर समेत नतिरेको फेला परेकाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(क), (ख), (ग) बमोजिम २० हजार रुपैयाँ जरिवना गरिएको छ । उक्त पसलबाट बट्टाई चराको सात प्याकेट म्याद उल्लेख नगरेको मासु र बंगुुरको मासु एक केजी नष्ट गरिएको छ ।

पोखरा–८ मा सञ्चालनमा रहेको सेभेन स्टार फुुड् एण्ड मार्टमा अनुुगमनका क्रममा म्याद गुुज्रेका, लेवल नखुलेका, अखाद्य बस्तु मिसाइएका, महानगरमा दर्ता, नविकरण नगरेको, नापतौलमा किलाकाटा दर्ता नगरेको फेला परेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(क), (ख), (ग) बमोजिम २० हजार रुपैयाँ जरिवना गरिएको हो ।

उक्त पसलबाट फुुजल मटन एक प्याकेट, इनसेट स्प्रे तीन वटा गरी दुुई हजार तीन सय ५७ रुपैयाँ बराबरको सामाग्री नष्ट गरिएको छ । पोखरा–१७ मा रहेको इम्रान फ्रेस हाउसमा पसल फोहोर, खसी, कुुखुरा, बंगुर लगायत सबै मासु एउटै फ्रिजमा राखेर बिक्री वितरण गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(क), (ख), (ग) बमोजिम ५ हजार रुपैयाँ जरिवना गरिएको छ ।

 पोखरा–८ को एवान गण्डकी फ्रेस हाउस,शुुभ दाङ भ्याली फ्रेस हाउस, न्युु राई फ्रेस हाउस र सिम्रिक मिट सपमा महानगरमा २०७४ देखि नविकरण नगरेको, नापतौलको दर्ता नगरेको, बहाल कर नतिरेको देखिएको, सरसफाइमा ध्यान दिनुपर्नेमा सचेत गराइएको छ ।

अनुुगमन टोलीमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराका संयोजक नारायण ढकाल, पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखा प्रमुख भरतराज पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुकुुन्दप्रसाद पौडेल, गुणस्तर तथा नापतौलका प्रतिनिधि विपिन पुरी, महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारी, पुुश चिकित्सक सगुन बराल, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा रहेनुभएको थियो ।

अनुुगमनका क्रममा लेबल नलगाई प्याकेजिङ गरेको मासु, म्याद गुुज्रेको मासु फेला परेको तथा नापतौल दर्ता, नविरकण नगरेका, मासु काटने ठाँउ फोहोर देखिएको, पसल दर्ता नगरेको भेटिएको र केहीलाई कारबाही गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।

हालसम्म ४५ वटा विभिन्न पसलमा अनुुगमन गरिएको र २० वटा जतीलाई जरिवाना गरिएको र केहीलाई सचेत गराइएको ढकालले जानकारी दिनुभयो ।

बजार अनुुगमन नियमित प्रक्रिया भएको बताउदै आगामी दिनमा पनि निरन्तरता दिने उहाँले बताउनुभयो । पोखरा महानगरपालिका सहकारी शाखाका प्रमुख भरतराज पौडेलले लेवल नलगाइएका बस्तु, उपभोग्य मिति नभएको र म्याद नाघेका सामाग्रीहरु फेला परेकोले ती मध्य केहीलाई कारबाही र सचेत गराइएको बताउनुभयो ।

चाडपर्वको बेलामा व्यवसायीले कृत्रिम अभावदेखि मुल्यबृद्धि गर्ने गरेको गुनासो आउने गरेकाले उपभोक्ता अधिकार, मंहगी नियन्त्रण र गुणस्तर कायम गर्न महानगरले अनुगमन गरेको हो पौडेलले भन्नुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै