¥यान्डममा ‘के पढ्ने र किन पढ्ने ?’ 

राष्ट्र न्यूज सम्वाददाता
असाेज २७, २०८०
Random 1

पोखरा, २७ असोज । ¥यान्डम रिडर्स सोसाइटीले शनिबार ‘के पढ्ने ? किन पढ्ने’ भन्ने विषयमा छलफल चलाएको छ ।

सोसाइटीले मासिक रूपमा हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएकामा यस पटक आफ्नै उद्देश्यसँग मिल्दो शीर्षकमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका वक्ता साहित्यकार सरुभक्तले जे पढे पनि पढ्नु नै महत्वपूर्ण रहेको भनाइ राख्नुभयो । ‘धेरै पढ्नु महत्वपूर्ण कुरा होइन, पढेको कुरालाई मनन गर्न सक्नु महत्त्वपूर्ण कुरा हो ।’ सरुभक्तले भन्नुभयो, ‘पढाइले मानिसलाई ज्ञानी मात्र बनाउँदैन, आग्रही पनि बनाउँछ । किताब छानेर पढ्नेहरूले किताबभन्दा पहिले चेतन–अचेतनमा आग्रह छानिसकेका हुन्छन् ।’

पढाइबाट वञ्चित भएका र पारिएकाहरूको सङ्ख्या ठुलो भएको बताउँदै उनीहरूसित पढेकाहरूले क्षमायाचना गर्नुपर्ने उहाँले तर्क गर्नुभयो । धर्मको झण्डा बोक्नेहरू नै एकअर्काका रक्तपिपासु हुनु दुःखको कुरा भएको उहाँको भनाइ थियो ।

‘धर्म, जात, राजनीति, सम्प्रदाय र अनेक विभेदका भासमा, राजनीतिक अक्षमता र झगडालु मानसिकताका गर्तमा हामी सबै फसिरहेको यस्तो विकट समयको प्रश्न हो– के पढ्ने ? किन पढ्ने ?’ सरुभक्तले भन्नुभयो, ‘प्रश्न सरल छ, बारम्बार गरिनुपर्ने खालको छ तर उत्तर वर्तमान देशका जटिलताहरू झैँ जटिल हुन सक्छन् ।’

उहाँले जीवनमा सबैभन्दा महत्वपूर्ण पढाइ नै जीवन पढ्नु भएको तर्क गर्दै आफूलाई चिनेर आफ्नो रुचि र आवश्यकताअनुसार पढ्न सुझाउनुभयो । उहाँले वैचारिक बहसका लागि ¥यान्डमले गरेको कार्यक्रम प्रशंसनीय भएको पनि बताउनुभयो ।

प्रा. डा. चन्दा भद्राले आफूले आख्यान नपढ्ने बताउनुभयो । कथा÷उपन्यासमा नारीलाई अधिकांशतः अवमूल्यन गर्ने गरिएको बताउँदै उहाँले नारीको सम्मान गरिएको किताब चाहिँ जुनसुकै विधाको भए पनि पढ्ने गरेको जानकारी दिनुभयो । आफ्नो अध्ययन अनुभव सुनाउँदै नारावादी चिन्तकका रूपमा परिचित भद्राले समाजशास्त्र र अर्थशास्त्रसँग सम्बन्धित किताबहरू आफ्नो रोजाइमा पर्ने गरेको बताउनुभयो ।

उपहारका रूपमा पुस्तक दिने संस्कृतिको विकास गर्नुपर्नेमा उहाँको जोड थियो । पठन अनुभव सुनाउँदै भद्राले आफ्नो पचासौँ जन्मदिनमा श्रीमान्ले दिएको महङ्गा उपहारभन्दा पुस्तक आफूलाई महत्वपूर्ण लागेको स्मरण गर्नुभयो ।

लेखक गनेस पौडेलले आफूले स्वस्थानीबाट पाठ्यपुस्तकबाहिरका किताब पढ्ने बानीको सुरुवात् गरेको बताउनुभयो । भाडामा समेत किताब लिएर पढेको अनुभव सुनाउँदै पठनले जीवनलाई उचाइमा पु¥याउने उहाँको तर्क थियो ।

फिल्म हेर्दा तृप्त नभएको मानिसलाई पनि किताबले तृप्त पार्ने बताउँदै पौडेलले मान्छेको पहिचान नै पढाइ भएकोमा जोड दिनुभयो । उनले आफ्नो रुचिका किताब छनोट गरेर पढ्नसमेत पाठकलाई सुझाउनुभयो ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले पठन संस्कृतिलाई नजिकिँदै गरेका दसैँ, तिहार, नेपाल संवत्, छठ, इद जस्ता पर्वहरूसँग कसरी जोड्न सकिन्छ भन्ने प्रश्नको उत्तर खोज्नका लागि पनि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

पठन संस्कृतिको विकासका लागि सोसाइटीले आफ्ना गतिविधि अघि बढाइरहेको जानकारी दिदै उहाँले पर्वहरूका अवसरमा हुने बिदालाई अध्ययन संस्कृतिसँग जोड्नका लागि कार्यक्रमले सहयोग गर्ने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

  • विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०८१
    पोखरा, १५ वैशाख । पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न…
  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…

Archives

Archives