बाटुलेचौरको कालिका मन्दिरमा बडादशैंमा दुर्गा पूजा हुने

राष्ट्र न्यूज सम्वाददाता
असाेज २२, २०८०
kalika mandir

पोखरा, २२ असोज । पोखरा १६ बाटुलेचौरस्थित ऐतिहासिक कालिका मन्दिरमा यस वर्ष पनि वडादशैंको अवसरमा नवदुर्गा पूजा तथा आरती गरिने भएको छ ।

हिमालय क्लवको आयोजनमा यही असोज २८ गतेदेखि कार्तिक ७ गते वडादशैंको टिकाको दिनसम्म विभिन्न कार्यक्रम सहित दुर्गा पूजा गरिने क्लवका अध्यक्ष सुशील वस्नेतले जानकारी दिनुभयो ।

क्लवले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूजाको तयारी अन्तिम चरणमा पुगेको र विभिन्न समुदायले तयारी तिव्र पारेको सचिव शिवराज देवकोटाले जानकारी दिनुभयो ।

वाईसी चौविसे राजाका पाला देखि नै हुँदै आएको पूजालाई व्यवस्थित रुपमा सम्पन्न गर्न क्लवका निवर्तमान अध्यक्ष मोहन वहादुर थापाको संयोजकत्वमा दुर्गा पूजा व्यवस्थापन समिति समेत गठन गरिएको छ । दशैंको साँस्कृतिक तथा धार्मिक पक्षलाई जोगाई राख्न र यसको ऐतिहासिकताका विषयमा नयाँ पुस्तालाई जानकारी दिन कार्यक्रमलाई निरन्तरता दिइएको संयोजक थापाले बताउनुभयो ।

पूजा अन्तर्गत घटस्थापनाको दिन देखि दशमीसम्म विहान नित्य पूजा , चण्डी पाठ र घटस्थापना गरिने साँझ सन्ध्याकालिन महाआरती, १ सय ८ दिप प्रज्वलन, भजन किर्तन तथा परियार समुदायको नहरा प्रस्तुती र गन्धर्व समुदायले माल श्री धुन प्रस्तुत गर्ने तयारी गरिएको छ

फूलपातीको दिन क्षेत्री समाजको संयोजनमा चण्डीका, अम्बिका र कालिका मन्दिरको परिक्रमा सहित कलश यात्रा गरिने बताइएको छ । नियमित रुपमा पूजा आजा हुने भएता पनि नवदुर्गा भर विशेष पूजा अर्चना हुने र महाअष्टमीको साँझ दिप प्रज्वलन, कालरात्री पूजा र महाआरती सहितको विशेष पूजा हुने कालिका मन्दिरका पुजारी नारायण प्रसाद देवकोटाले जानकारी दिनुभयो ।

विशेष दुर्गा पूजा दशैं अवधिभर विहान र साँझमा नियमित हुने बताइएको छ । हिमालय क्लवको संयोजनमा हुने दुर्गा पूजामा शुक्ला साहित्य प्रतिष्ठान ,बडहरवोट आमा समूह, संरक्षण आमा समूह ,नेवाः खल वाटुलेचौर,  मैदान आमा समूह, क्षेत्री समाज, कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समिति र मानव अधिकारका लागि महिला एकल महिला समूह, परियार समाज लगायतका संघ संस्थाको सहकार्य रहेको क्लवले जनाएको छ ।

उक्त मन्दिरमा चौविसे राजा कुलमण्डन शाहको पाला देखि नै पूजा आजा हुँदैं आइरहेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०८१
    पोखरा, १५ वैशाख । पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न…
  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…

Archives

Archives