पोखरा, २२ असोज । पोखरा १६ बाटुलेचौरस्थित ऐतिहासिक कालिका मन्दिरमा यस वर्ष पनि वडादशैंको अवसरमा नवदुर्गा पूजा तथा आरती गरिने भएको छ ।
हिमालय क्लवको आयोजनमा यही असोज २८ गतेदेखि कार्तिक ७ गते वडादशैंको टिकाको दिनसम्म विभिन्न कार्यक्रम सहित दुर्गा पूजा गरिने क्लवका अध्यक्ष सुशील वस्नेतले जानकारी दिनुभयो ।
क्लवले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूजाको तयारी अन्तिम चरणमा पुगेको र विभिन्न समुदायले तयारी तिव्र पारेको सचिव शिवराज देवकोटाले जानकारी दिनुभयो ।
वाईसी चौविसे राजाका पाला देखि नै हुँदै आएको पूजालाई व्यवस्थित रुपमा सम्पन्न गर्न क्लवका निवर्तमान अध्यक्ष मोहन वहादुर थापाको संयोजकत्वमा दुर्गा पूजा व्यवस्थापन समिति समेत गठन गरिएको छ । दशैंको साँस्कृतिक तथा धार्मिक पक्षलाई जोगाई राख्न र यसको ऐतिहासिकताका विषयमा नयाँ पुस्तालाई जानकारी दिन कार्यक्रमलाई निरन्तरता दिइएको संयोजक थापाले बताउनुभयो ।
पूजा अन्तर्गत घटस्थापनाको दिन देखि दशमीसम्म विहान नित्य पूजा , चण्डी पाठ र घटस्थापना गरिने साँझ सन्ध्याकालिन महाआरती, १ सय ८ दिप प्रज्वलन, भजन किर्तन तथा परियार समुदायको नहरा प्रस्तुती र गन्धर्व समुदायले माल श्री धुन प्रस्तुत गर्ने तयारी गरिएको छ
फूलपातीको दिन क्षेत्री समाजको संयोजनमा चण्डीका, अम्बिका र कालिका मन्दिरको परिक्रमा सहित कलश यात्रा गरिने बताइएको छ । नियमित रुपमा पूजा आजा हुने भएता पनि नवदुर्गा भर विशेष पूजा अर्चना हुने र महाअष्टमीको साँझ दिप प्रज्वलन, कालरात्री पूजा र महाआरती सहितको विशेष पूजा हुने कालिका मन्दिरका पुजारी नारायण प्रसाद देवकोटाले जानकारी दिनुभयो ।
विशेष दुर्गा पूजा दशैं अवधिभर विहान र साँझमा नियमित हुने बताइएको छ । हिमालय क्लवको संयोजनमा हुने दुर्गा पूजामा शुक्ला साहित्य प्रतिष्ठान ,बडहरवोट आमा समूह, संरक्षण आमा समूह ,नेवाः खल वाटुलेचौर, मैदान आमा समूह, क्षेत्री समाज, कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समिति र मानव अधिकारका लागि महिला एकल महिला समूह, परियार समाज लगायतका संघ संस्थाको सहकार्य रहेको क्लवले जनाएको छ ।
उक्त मन्दिरमा चौविसे राजा कुलमण्डन शाहको पाला देखि नै पूजा आजा हुँदैं आइरहेको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी