समुदायका अगुवासँग परिवार नियोजन संघ

राष्ट्र न्यूज सम्वाददाता
असाेज १२, २०८०
Photo Pariwar niyojan

पोखरा, १२ असोज । नवौ राष्ट्रिय सुरक्षा गर्भपतन सेवा दिवसको सन्दर्भमा नेपाल परिवार नियोजन संघ कास्कीले समुदायका अगुवाहरुसँग अन्तरक्रिया गरेको छ ।

समुदायमा सुरक्षित गर्भपतनको सेवा बारे जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । उहाँले समुदासँग सहकार्य र समन्वय गरी संघलाई अघि बढाउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १२ भित्र रहेका टोल विकास संस्था र आमा समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संघका शाखा प्रवन्धक नवराज तिवारीले सुरक्षित गर्भपतनका विभिन्न विषय बारे सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रम नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको थियो ।

पोखरा १२ उपकार मार्ग स्थित नेपाल परिवार नियोजन संघको कार्यालयमा दिनहुँ सुरक्षित गर्भपतन सेवाका लागि सेवाग्राही पुग्ने गरेका छन् । संघले गुणस्तरीय र सर्वसुलभ शुल्कमा सेवा प्रदान गर्दै आइरहेको छ ।

तत्कालिन अवस्थामा बढ्दो जनसंख्यालाई नियन्त्रण गर्ने उदेश्यले २०१६ सालमा स्थापित नेपाल परिवार नियोजन संघले वर्तमान अवस्थामा आइपुग्दा प्रजनन् स्वास्थ्यसँग सम्वन्धित सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

२०५९ असोज १० गते मुलुकी ऐनको ११ औं शंसोधनले नेपालमा गर्भपतनले कानूनी मान्यता पाएको छ । नेपाल परिवार नियोजन संघ कास्की शाखाका शाखा प्रवन्धक नवराज तिवारीका अनुसार संघवाट सन् २०२० मा ६५०, सन् २०२१ मा ७८४ र सन् २०२२ मा ८६० जना र पछिल्लो ६ महिनामा ३९२ सेवाग्राहीले सुरक्षित गर्भपतन सेवा लिनुभएको छ ।

विगत केही वर्ष यता सुरक्षित गर्भपतन बारे आमनागरिकलाई सुसुचित गर्न सेप्टेम्बर २८ लाई राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसका रुपमा मनाउने गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives