पोखरा, १० असोज । मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय बिनाकुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मान गरिने भएको छ ।
गण्डकी प्रदेशका पूर्व सांसद, उद्यमी तथा समाजसेवी मिना गुरुङले स्थापना गरी नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पुरस्कारबाट पत्रकार बिनु र तारा सम्मानित हुन लाग्नुभएको हो ।
छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिवमाधव बरालले जानकारी दिनुभयो ।
संयोजक पुण्य पौडेल, सदस्यहरु दुर्गा अधिकारी, दीपक परियार, विमला भण्डारी र माधव बरालको छनोट समितिले उक्त पुरस्कार २०७९ का लागि बिनु र २०८० का लागि ताराको नाम सिफारिस गरेको हो ।
उक्त पुरस्कारको राशी नगद २० हजार १ सय ११ रुपैयाँ रहेको छ । असोज १२ गते एक कार्यक्रम आयोजना गरी पुरस्कार अर्पण गरिन ेसचिव बरालले जानकारी दिनुभयो ।
सम्मानित हुन लागेका पत्रकार बिनु हालप ोखरा टेलिभिजनमा कार्यरत हुनुहुन्छ । २०६८ सालमा गण्डकी टिभीमा मगर भाषाको समाचार बाचिकाबाट पत्रकारिता सुरु गरेकी बिनुले कान्तिपुर दैनिक, फेवा टेलिभिजन र गोर्खाली रेडियोमा पनि काम गरिसकेकी छिन् । हाल उहाँ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्की शाखाकी उपाध्यक्ष र नेपाल मगर पत्रकार संघ कास्कीकी अध्यक्ष हुनुहुन्छ ।
यस्तै पत्रकार तारा पौडेलले २०६८ सालमा यूनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गर्नुभएको हो । उहाँ हाल सिटी पोखरा डटकमको सञ्चालक÷सम्पादक भएर काम गरिरहनु भएको छ ।
यसभन्दा अघि उहाँले रेडियो नेपाल, रेडियो सफलता, रेडियो जननी,विगएफएम, रेडियो आकाशवाणी, ईसांग्रिला डटकम, टप नेपालन्यूज डटकममा काम गरि सक्नु भएको छ।
उहाँले नेपाल वातावरण पत्रकार समूहद्धारा सञ्चालित टेलिभिजनमार्फत प्रसारित भएको कार्यक्रम नयाँ पुस्तामा पनि काम गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश परिषद सदस्य, खेलकुदपत्रकार मञ्च गण्डकीको साधारण सदस्य, अनलाइन पत्रकार संघ गण्डकीको संस्थापक सचिव, सञ्चारिक समुह गण्डकीमा सदस्य भएर काम गर्नुभएकी तारा प्रेस चौतारी नेपाल कास्कीकी उपाध्यक्ष हुन् ।
यो पुरस्कारबाट यसभन्दा अघि दुर्गा भण्डारी, दीपक परियार, शान्ति गुरुङ, सरिता तिम्सिनापगेनी, खेम सारु मगर, स्मिता अधिकारी, रोशनी गुरुङ र रविना आले सम्मानित हुनुभएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा – १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर
पोखरामा विश्व एड्स दिवस मनाइयो
एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
लायन्स शितलचौतारीको सहयोग