पोखरा, ५ असोज । राधा–लक्ष्मी स्मृति पुरस्कार शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका शिक्षासेवी चतुरमान श्रेष्ठलाई अर्पण गरिने भएको छ ।
साहित्यिक, शैक्षिक, सामाजिक एवम् आध्यात्मिक व्यक्तित्व लक्ष्मीशरण उपाध्याय र सहधर्मिणी राधा पौडेलको स्मृतिमा परिवारद्वारा स्थापित पुरस्कार हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित छ । उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ ।
प्रतिष्ठानले कास्कीको बाटुलेचौरमा जन्मेर २०१७ सालदेखि २०५४ सालसम्म अध्यापन गरी शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । प्रतिभा छनौट उपसमितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले सर्वसम्मत पारित गरेको हो ।
लक्ष्मीशरण उपाध्याय र राधा पौडेलको स्मृतिमा पुत्रद्वय केशवशरण पौडेल र माधवशरण पौडेल परिवारद्वारा स्थापित कोषको व्याजबाट हरेक वर्ष उक्त पुरस्कार अर्पण गरिदै आइएको छ । यसअघि उक्त पुरस्कारबाट छन्दकवि माधव वियोगी पुरस्कृत हुनुभएको छ ।
पुरस्कार असोज ८ गते पोखरामा एक समारोहका बीच अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
माछापुच्छे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी