असोज ३,पोखरा । संविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम गरेको छ।
कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले संविधानप्रति बितृष्णा फैलाउने तत्वको सक्रियता बढेको भन्दै ब्यबस्थालाई नै असफल बनाउन हुने हर षडयन्त्रलाई परास्त गर्न राजनीतिक दलहरू एकतावद्ध हुनुपर्ने बताउनुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन संविधानले ब्यबस्था गरेका आधारभूत अधिकारको पूर्ण प्रत्याभूति जनतालाइ दिलाउनुपर्ने बताउनुभयो । संविधानका सम्पूर्ण अधिकारको निर्वाध प्रयोग गर्दै नागरिकहरू पनि राज्यप्रति जिम्मेवार र जबाफदेही हुनुपर्ने उहाँको भनाइ छ ।
पार्टी स्थायी कमिटी सदस्य किरण गुरुङले संविधान पूर्ण कार्यान्वयनको दिशामा देश अगाडि बढेको भन्दै अब दृढतापूर्बक संविधान कार्यान्वयनमा लाग्नुर्ने उल्लेख गर्नुभयो ।
त्यसैगरी स्थायी कमिटी सदस्य खगराज अधिकारीले संविधान निर्माणका क्रममा देखिएका कमिकमजोरी हटाउदै अगाडि बढ्नुपर्ने उल्ल्ेख गर्नुभयो ।
कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रदेश कमिटीका उप– सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले गर्नुभएको थियो।
कास्कीका विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरूको उपस्थिति रहेको सो कार्यक्रममा गण्डकी प्रदेश सरकारले संसदमा पेश गरेको आम संचार बिधेयक , गण्डकीको पत्रकारिता ,संचारकर्मीका समस्या र समाधानका लागि एमालेले खेल्न सक्ने भूमिकाको बारेमा छलफल भएको गण्डकी प्रदेश प्रचार तथा प्रसार बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी