शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २५, २०८०
shiva

पोखरा, २५ भदौं । पोखरा–११, फूलबारीस्थित शिवशक्ति क्याम्पस (साविक शिक्षा महाविद्यालय) को ३१ औं स्थापना दिवस एवं १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य विन्दुकुमार थापाले समारोहको उद्घाटन गर्दै शिवशक्तिलाई नमूना क्याम्पस बनाउन लागि पर्नुपर्ने बताउनुभयो । विद्यार्थी भर्ना दर बढाउन अभियान नै सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले क्याम्पस वडाको गहनाका रुपमा रहेको बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टुवराज बास्तोलाले जग्गा प्राप्ति र क्याम्पसमा सम्पुर्ण कक्षाहरू विधुतिय संचार माध्यम र सामग्रीको प्रयोग गरी स्मार्ट वोर्ड सहितका स्मार्ट कक्षाहरू र क्याम्पसको व्यवस्थापकीय पाटो सवल बनाउन प्रयास भैरहेको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा सञ्चालक समिति अध्यक्ष बास्तोलाले आमाबुवा स्व.ओमनाथ तथा पवित्रादेवी बास्तोलाको स्मृतिमा १ लाख १ हजारको अक्षयकोष स्थापना गर्नुभयो ।

क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मीले क्याम्पसको दीर्घकालीन व्यवस्थापनका लागि सबैको पहल आवश्यक रहेको औंल्याउनुभयो ।

कार्यक्रममा समिति पूर्व अध्यक्ष दामोदर बास्तोला, सल्लाहकार प्रेमबहादुर कुँवर, शिवशक्ति माविका प्रधानाध्यापक शम्भुराज बास्तोला, कन्या क्याम्पस प्रमुख सुरेश मानन्धर, मणिपाल शिक्षण अस्पतालका कार्यकारी निर्देशक अनिल ओडेविल, निवर्तमान क्याम्पस प्रमुख दीपक बास्तोला लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा पूर्व अध्यक्षद्वय दामोदर बास्तोला र योगराज बास्तोला, पूर्व कार्यवाहक अध्यक्ष मायादेवी तझ्या, पूर्व क्याम्पस प्रमुख दीपक बास्तोला, सहायक क्याम्पस प्रमुख रमेश थापा, पूर्व लेखा प्रमुख ज्ञानहरि आचार्य लगायत प्राध्यापक युक्ता थापा, मुक्तिनाथ अधिकारी, गणेश शर्मा, तोलाकान्त न्यौपाने, शान्ति सिग्देल र लीलावती पनेरुलाई सम्मान गरियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टुवराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रम सहायक क्याम्पस प्रमुख रमेश थापाले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives