पोखरा, १८ भदौ । नेपाल समाजशास्त्र संघको आयोजनामा पोखरामा ३ दिने अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुडले उद्घाटन गर्नु भएको सो कार्यक्रम नेपाल समाजशास्त्र संघका अध्यक्ष एवं गण्डकी विश्व बिद्यालयको उपकुलपति गणेशमान गुरुङको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा नेपालमा सुशासन, सामाजिक रुपान्तरण सम्बन्धमा नेपालका बरिष्ठ समाजशास्त्री, भारत, चिन, बेलायत, जापान, नर्वे र अमेरिका लगायतका मुलुकबाट ५६ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
जसमध्य अधिकांश प्रत्यक्ष फिजिकल्ली र केही अनलाइनबाट कार्यपत्र प्रस्तुत भएका थिए । कार्यक्रममा डेड सय समाजशास्त्रीहरु प्रत्यक्ष सहभागि हुनुभएको थियो ।
नेपाली समाजको अध्ययन अनुसन्धान र विश्लेषणसँगै समाजशास्त्रको अभिवृद्धी गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यशालामा समाज विज्ञानका स्वदेशी तथा बिदेशी विद्धानहरुबाट नेपालको २०४६ देखिको राजनीतिक परिवर्तन, आम्दोलन, जनयुद्ध तथा जनआन्दोलन र अन्य सामाजिक आम्दोलनको विकास प्रक्रियाबारे छलफल भएको थियो ।
Related News
सम्बन्धित समाचार
संगीतमय बन्यो आलु महोत्सव
संगीतमय बन्यो आलु महोत्सव
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च