एन प्याव्सन कास्कीको अध्यक्षमा हेमन्त

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १६, २०८०
naya samiti – Copy

पोखरा, १६ भदौ । नेशनल प्याव्सन कास्कीको शुक्रबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पुनः हेमन्त अधिकारी निवार्चित हुनुभएको छ ।

समतिको उपाध्यक्षमा मनकाजी गुरुङ, सचिवमा प्रेमराज अधिकारी, कोषाध्यक्षमा राजु केसी निर्वाचित हुनभएको छ ।

त्यसैगरी सदस्यहरुमा रमेशराज पौडेल, अर्जुनप्रसाद अधिकारी, ज्ञानेन्द्रबहादुर थापा, अर्जुन प्रसाद पाण्डे, राजु कायस्थ, तोलाकान्त न्यौपाने, शिवराज पौडेल, सञ्जय पौडेल र हरिराज अधिकारी निर्वाचित हुनभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले शिक्षामा निजी क्षेत्रले गरेको लगानिलाई अवमुल्यन गर्न नहुने बताउनुभयो ।

महत्वपूर्ण ऐन तथा विधयेक आउदा कुन कुना बाट छिरेर आउछ त्यो पत्तै हुदैन, हालै आएको शिक्षा विधयेकको प्रसंग कोट्याउदै उहाले भन्नुभयो, ‘यस्ता खालका ऐन विधयेक आउदा सम्वन्धित सरोकारवालाहरुसँग छलफल गरेर ल्याए मात्रै समस्या हल हुन्छ ।’

नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले शिक्षा क्षेत्रलाई नै तहस नहस गरी शिक्षा विधयेक आएकै कारण विरोधमा उत्रिन परेको बताउनुभयो ।

गण्डकी प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अम्बिका प्रसाद आचार्यले सामुदायिक तथा निजी विद्यालयको नियमन र सहजिकरण गर्ने काम नेपाल सरकारको भएको बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले सामुदायिक विद्यालयले पनि अव अग्रेजी माध्यममा पढाइ शुरु गर्न थालेको बताउदै नेपालमा अव दुइ खाल शिक्षा नहरेको उल्लेख गर्नुभयो ।

नेशनल प्याव्सनका केन्द्रीय सहअध्यक्ष सुभाष न्यौपानले नेपाल सरकारका सम्वन्धित निकायले नै शिक्षा विधयेक अध्ययन नगरि ल्याएकै कारण समस्या वल्झिएको बताउनुभयो ।

नेशनल प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले निजी क्षेत्रको उपस्थितिलाई नेपाल सरकारले लत्याउने काम गरेको बताउनुभयो ।

अधिवेशनमा नेशनल प्याव्सन कास्कीका सचिव मनकाजी गुरुङले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रत्ना कुमारी गुरुङले आर्थिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक ज्ञानेन्द्र बहादुर थापाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेशनल प्याव्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोची, नेशनल प्याव्सन वाग्लुङका अध्यक्ष नेत्रलाल न्यौपाने, प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, हिसान कास्कीका अध्यक्ष याम रोका, युनिप्स नेपालका अध्यक्ष शान्ता बहादुर गुरुङ, प्याव्स्यू कास्कीका अध्यक्ष विजयराज अधिकारी, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष ऋषिराम भण्डारी, नेपाल राष्ट्रिय अभिभावक संघ कास्कीका अध्यक्ष गोपाल गिरीले बोल्नुभएको थियो ।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रमा सञ्चालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives