पोखरा, ११ भदौ । दोलखाबाट पोखरामा आएर बसोबास गरेका दोलखालीहरूको संस्था दोलखा पोखरा मिलन समाजको ११ औं अधिवेशन तथा २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
अधिवेशनले धनबहादुर खड्का (भरत) को अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रमादेबी खड्का, सचिबमा कमल बहादुर बस्नेत, कोषाध्यक्षमा दाछिरी शेर्पा सदस्यहरूमा,रविचन्द्र श्रेष्ठ ,सरिता के.सी.,गीता श्रेष्ठ, रामजी भण्डारी र रोजिना श्रेष्ठ हुनुहुन्छ ।
अधिबेशनको संस्थाका संस्थापक अध्यक्ष यादब बस्नेतले उद्घाटन गर्नुभएको थियो ।संस्थाका अध्यक्ष नारायण कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक गण्डकी प्रमुख शिब खकुरेल, समाजसेबी पदम ढकाल, कोषाध्यक्ष खुस बहादुर खड्का, सचिव कमल बस्नेतले लगायतले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
Archives
Archives