पोखरा, ६ भदौ । गण्डकी प्रदेशका अर्थमन्त्री जीत प्रकाश आले मगर निरीक्षणका लागि बुधबार पोखरा ११ को काँहु पुग्नुभएको छ ।
उहाँसँगै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ पनि त्यहाँ पुग्नुभएको हो।
काँहुको धार्मिक, पर्यटकीय, ऐतिहासिक अवस्था बारे जानकारी लिन मन्त्री आले मगर काँहु पुग्नुभएको हो । उहाँलाई पोखरा ११ का वडाध्यक्ष प्रेम कर्माचार्यसहित सदस्य र विभिन्न स्थानमा स्थानीयहरुले स्वागत गरेका थिए ।
उहाँले काँहु धरहरा, काँहु धरहरासम्म पुग्ने मूल सडक र विभिन्न स्थानको पहिरो, देउराली मन्दिर, न्यासास्थित पानी पँधेरो, शिव मन्दिरको निरीक्षण गर्नुको साथै न्यासाका स्थानीय नागरिकसँग भेटघाट गर्नुभयो ।
न्यासाका नागरिकले विद्युत पोल र खानेपानीको समस्यालाई मुख्य रुपमा ध्यानाकर्षण गराएको वडा सदस्य शुशील बास्तोलाले जानकारी दिनुभयो ।
निरीक्षणपछि मन्त्री आले मगरले प्रदेश सरकारले जनताको आवश्यकता र भावना बुझेको उल्लेख गर्नुभयो । उहाँ जनताका समस्या समाधान गर्न आफू सदैव अग्रसर रहेको बताउनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले सरकारले जनतालाई नै केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा ११ का वडा अध्यक्ष प्रेम कर्माचार्यले जनताका चाहाना अनुसार काम गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
श्रम गर्ने मजदुरसँग सम्मानजनक व्यवहारको खाँचो प्रदेश प्रमुख भट्ट
पर्यटकीय नगरी पोखरामा आज देखि कोटी होम विराट ज्ञान महायज्ञ सुरु
कास्कीका पालिकाको वित्तीय सुशासन नतिजाप्रति माछापुच्छ्रेको असन्तुष्टि
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा
कास्की जिल्ला खेलकुद संघलाई प्लाष्टिक बोतल विन सहयोग