पोखरा ५, भदौ । होटल क्षेत्रका लागि आबश्यक दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ नेपाल र होटल संघ पोखरा नेपालको आयोजनामा २४ महिने निःशुल्क तालिम संचालन हुने भएको छ ।
विभिन्न कलेज र कतिपय तालिम दिने इन्ष्टिच्यूटबाट समेत आबश्यकता अनुसारको दक्ष जनशक्ति प्राप्त नभएपछि हेल्भेटास नेपाल अन्तर्गत संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) को सहयोगमा दुई महिना पछि यस्तो तालिम संचालन गर्ने योजना अगाडि बढाइएको हो ।
होटल संघ नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले होटल क्षेत्रका लागि आबश्यक दक्ष कामदार उत्पादनका लागि इनश्योरले विकास गरेको ड्युल भेट अप्रेन्टिसिप मोडल अर्थात् काम गर्दै सिक्दै अगाडि बढ्ने प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
इन्स्योरका क्वालिटी असुरेन्स स्पेस्लिष्ट केशव भण्डारीले सैद्धान्तिक र व्यवहारिक गरी कूल २४ महिनासम्म अप्रन्टिसिप मोडलको तालिम संचालन हुने जानकारी दिनुभयो ।खाजा खर्च र कूल न्यूनतम पारिश्रमिकको २५ प्रतिशत पारिश्रमिक पनि यस्तो तालिममा उपलब्ध हुने उहाँले सुनाउनुभयो ।
होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पर्यटन क्षेत्रले उद्योग सरहको मान्यता र सुविधा पाउनुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा बोल्दै होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले नेपालको पर्यटनका लागि थुप्रै जनशक्ति आबश्यक परेको तर उपलब्ध नभईहरहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष सूर्यवहादुर भुजेलले कूल ग्रहाहस्थ उत्पादनमा पर्यटन क्षेत्रको उल्लेख्य योगदान रहेको उल्ल्ेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै गण्डकी प्रदेशकी सांसद विमला गौचनले आफ्नो लागि पद भन्दा पनि सीप ठूलो कुरा भएको बताउनुभयो ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, घरेलु कार्यालयका शेषकान्त पौडेल, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठी, होटल संघ पोखरा नेपालका कोषाध्यक्ष नेत्र पौडेल लगायतले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान
वनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड