पोखरा, ४ भदौ । पोखरामा विद्यालय नाटक महोत्सव हुने भएको छ । पोखरा थिएटरको आयोजनामा हुने नाटक महोत्सव यहीं भाद्र २७ देखि सुरु हुनेछ । आगामी असोज १२ गतेसम्म चल्ने महोत्सवको लोगो सार्वजनिक गरिएको छ ।
पाँचौं संस्करणको विद्यालय नाटक महोत्सवमा कुल १५ वटा नाटक मञ्चन हुनेछन् । जस अन्तर्गत पोखरा महानगरपालिका भित्रका विद्यालयका १४ नाटक रहनेछन् ।
यसका अलावा अतिथि नाटकको रुपमा काठमाण्डौंबाट थप एक नाटक मञ्चन हुने पोखरा थिएरटका अध्यक्ष एवं महोत्सव संयोजक परिवर्तनले जनाउनुभयो । यी नाटकहरु गन्धर्व नाटकघरमा महोत्सव अवधिभर हरेक दिन एक–एक वटाका दरले मञ्चन गरिनेछ ।
त्यसोत पोखरा थिएटरले २०७६ मा पोखरा महानगरपालिका स्तरिय विद्यालय नाटक महोत्सव गरेको थियो । त्यसपछि गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सव आयोजना ग¥यो । लगातार तीन वर्षसम्म प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले यसपटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गर्न लागेको हो ।
थिएटरमा भैरहेका गतिविधिका कारण पछिल्लो समयमा थिएटर प्रति विद्यार्थीको आर्कषण समेत बढ्न थालेको अध्यक्ष परिवर्तनले बताउनुभयो । महोत्सवको नारा ‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ रहेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना श्रष्टालाई सम्मान अर्पण गर्दै
साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम
स्व. रविन्द्रको जन्मजयन्तीमा रक्तदान र परिसंवाद
विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार पोखराका संरक्षणकर्मी आचार्यलाई
विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना
Archives
Archives