नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ३१, २०८०
31

पोखरा, ३१ साउन । नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको अवसरमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन गण्डकी प्रदेश र पोखरा वितरण केन्द्र मालेपाटन पोखराको संयुक्त पहलमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा ८१ युनिट रगत संकलन गरिएको पोखरा वितरण केन्द्रका प्रमुख राजिव कुमार सिहंले जानकारी दिनुभयो । विद्युतीय क्षेत्रमा मात्रै नभई अन्य जस्तोसुकै दुर्घटना हुँदा पनि रगतको अभाव नहोस् भनेर कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख जगदिश चन्द्र जोशीले ‘रक्तदान, जिवनदान’ भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै सामाजिक उत्तरदायित्व भित्र रहेर यस्ता कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो ।

त्यस अवसरमा नेपाल कर्मचारी युनियन गण्डकी प्रदेश इन्चार्ज नारायण पन्थी, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ गण्डकी प्रादेश इन्चार्ज देशबन्दु श्रेष्ठ, राष्ट्रिय कर्मचारी युनियन गण्डकी इन्चार्ज राजेन्द्र हमाल लगायतले रक्तदानको महत्व बिषय आ–आफ्नो भनाइ राख्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ८० जना कर्मचारी र १ जना सेवाग्राही सुन्तली तामाङले रगत दान गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives