पोखरामा ट्होटें पर्व

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ३१, २०८०
tohote 2

पोखरा,३१ साउन । तमुहरुले पोखरामा धुमधामका साथ साँस्कृतिक पर्व ट्होटें मनाउनुभएको छ ।

पोखरा महानगरपालिका वडा नं.११ रानीपौवाबाट मौलिक भेषभुषा, बाजागाजा, झाँकी, सँस्कृतिसहित शुरु भएको ट्होटें र्याली महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालमा पुगेर समारोहमा परिणत भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले संघ संस्था, समुदायका सवालमा सबैभन्दा नजिकको सरकार स्थानीय सरकारसँग सहमति, सहकार्य, समन्वय गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले पोखरा महानगरपालिकाको सहयोग र तमु धिं नेपालको सहभागितामा ३८ लाख रुपैयामा नवनिर्मित रोधिं हल उद्घाटन गर्नुभएको थियो ।
तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुले तमुहरुको पहिचानको प्रतिकको रुपमा रहेको तमु ह्युल चोक स्थानान्तरण नगर्न चेतावनी दिनुभयो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष धर्म बहादुर गुरुङ, तमु धिं नेपालका कार्यसमिति सदस्य कृष्णकुमार गुरुङले बोल्नुभएको थियो ।

त्यस अवसरमा युकेका पुर्व उपमेयर एवम काउन्सिलर लक्ष्यबहादुर गुरुङलाई स्वागत सम्मान, कञ्चन पत्रकारिताबाट पुरस्कृत कास्की आवाजका प्रधान सम्पादक एवं तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई बधाई ज्ञापन गरिएको थियो ।

ट्होटे र्यालीमा चिउली पार्चे तमु समाज प्रथम हुदै ह्याट्रिक गर्न सफल हुदै ३० हजार नगदसहित ट्रफिबाट परस्कृत भएको छ । दोश्रो हुने ताङतिङ दुधपोखरी तमु र बे्रज मेश्रों घान्द्रुक तमु समाज तेश्रो हुदै क्रमशः २० हजार र १५ हजार नगद, ट्रफिसहित पुरस्कृत भए ।

यसरी नै विशेष साँस्कृतिक झाँकी पुरस्कार फुलवारी तमु समाजले हात पार्दैै १० हजार र डडुवा दुर्छा तमु समाज, बाँझापाटन तमु समाज, सूर्यमुखी तमु समाज र कोल्मा बहाकोट तमु समाज ५÷५ हजारसहित सान्त्वना  पुरस्कार प्राप्त गरे ।

Related News

सम्बन्धित समाचार

Archives

Archives