परिवार नियोजन संघ कास्कीमा युवा दिवस

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २६, २०८०
FPAN Youth day

पोखरा, २६ साउन । नेपाल परिवार नियोजन संघ कास्कीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।

युवा र उद्यमशीलता विषयक कार्यक्रममा विभिन्न क्षेत्रका ३५ जना युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा युवाका लागि विशेष अवसर सृजना गर्नुपर्ने र उनीहरुको भावनालाई राज्यले सम्वोधन गर्नुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै लायन्स इन्टरनेशनल डिष्टिक ३२५ जे नेपालका फष्ट भाईस डिष्टिक गभर्नर मिलन थापाले युवाहरु आफ्नोसँग देश र समाजको भविष्य निर्माणका लागि पनि योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले सफल उद्यमी बन्नका लागि निकै संघर्ष र निरन्तरता आवश्यक पर्ने उल्लेख गर्नुभयो ।

नेपाल परिवार नियोजन संघका महासचिव अर्जुन सिग्देलले युवा सिर्जनशील हुनुुपर्ने बताउनुभयो ।

उर्जा ल्याबका सिइओ विनायक पौडेलले ससानो लगानी र नेटवर्क निर्माण गरी उद्यमशीलता अघि बढाउन सकिने बताउनुभयो ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष विष्णु दाहाल, युवा सदस्यहरु सपना थापा क्षेत्री, कृसा सिग्देल र शाखा प्रवन्धक नवराज तिवारीले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives