अन्तराष्ट्रिय पर्वतीय संग्राहलयमा पोखरा संस्कारको वृक्षरोपण

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २३, २०८०
Tree Plantations

साउन ,२३ पोखरा । पोखरा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा लायन्स क्लव अफ पोखरा संस्कारले वृक्षरोपण गरेको छ ।

लायन्स क्लव अफ पोखरा संस्कारको आयोजनामा मंगलबार राष्ट्रिय भू–संरक्षण दिवसको पूर्वसन्ध्यामा पोखरा– १७ रोतो पहिरोस्थित पर्वतीय संग्रहालय परिसरमा वृक्षरोपण गरिएको हो ।

कार्यक्रमको लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालका द्वितीय भाइस गर्भनर एकनारायण शर्माले उद्घाटन गर्नुभयो । उहाँले कार्यक्रम संयोजक गोकर्ण सुबेदीलाई विरुवा हस्तान्त्रण गर्दै क्लवले सामाजिक क्षेत्रमा गर्दै आएको कार्यहरुको प्रशंसा गर्नुभयो ।

पोखरा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले वातावरण संरक्षणमा वृक्षरोपणको महत्व रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा रिजन चेयर पर्सन कृष्ण तिमिल्सिना, डिपार्टमेन्ट चिफ झम्कनाथ पोखरेल लगायतले क्लवले शिक्षा, स्वास्थ्य र मानविय क्षेत्रमा पु¥याउँदै आएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

क्लवका अध्यक्ष नन्दप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष श्यामकृष्ण रेग्मी, सञ्चालन सचिव बलराम शर्माले गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives