पोखरा महानगरमा मलको मूल्य निर्धारण

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १२, २०८०
ph 1

पोखरा, १२ साउन। पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि मलको मूल्य तथा विक्री परिमाणको कोटा निर्धारण गरेको छ ।

पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो ।

महानगरका उपप्रमुख एवं मल वितरण ब्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मूल्य निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

मल डिपोदेखि विक्री केन्द्रको दुरीका आधारमा प्रतिकेजी १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको छ । त्यस्तै डीएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोएिको छ । मल विक्रेताले प्लाष्टिक झोलाको मूल्य प्रति किलो थप लिन सक्ने छन् ।

बैठकले पोखरा महानगर कृषि शाखामा सुचिकृत तथा विक्री वितरण गर्नको लागि छनोट भएका २६ वटा वडाका ६७ केन्द्रबाट मल विक्री वितरण भैरहेकोछ ।

मल विक्री वितरणका लागि आर्थिक वर्ष २०७९÷८० मा विक्री भएको आधारमा कोटा निर्धारण गर्ने निर्णय गरिएको प्रमुख कडरियाले जानकारी दिनुभयो । सुचिकृत विक्रेतालाई मलको कोटा निर्धारण गरिएको , किसानलाई तोकिएकै मूल्यमा सहज रुपमा मल उपलब्ध गराउन अनुगमन गर्ने गरिएको र यस वर्षपनि त्यसलाई निरन्तरता दिइने महानगरले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives