पोखराका पाँच औषधी पसल अनुुगमन

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ९, २०८०
aanugaman

पोखरा, ९ असार । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका पाँच वटा औषधी पसल अनुुगमन गरेको छ ।

प्रशासकीय अधिकृत दीपक रेग्मी नेतृत्वको टोलीले पोखराको पृथ्वीचोकस्थित दुईवटा र महेन्द्रपुुलस्थित तीनवटा औषधी पसल अनुुगमन गरेको हो । टोलीमा सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

अनुुगमनका क्रममा कतिपयमा सम्बन्धित जिम्मेवार व्यक्ति बाहेक अन्यले औषधी विक्री वितरण गर्ने गरेको, सरसफाईमा ध्यान नदिइएको, नविकरण नगरेका जस्ता कमजोरीहरू पाइएको प्रशासकीय अधिकृत रेग्मीले जानकारी दिनुुभयो ।

अनुुगमन टोलीले औषधीको मूल्य सूूची, म्याद नाघेका औषधीको व्यवस्थापन लगायतमा जानकारी लिएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले समय समयमा जनसरोकारका विषय र क्षेत्रमा अनुुगमन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives