महिलालाई कुटपिट गर्ने पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ७, २०८०
arrest-generic_650x400_71463458726

पोखरा, ७ साउन । महिलालाई कुटपिट गरी घाईते बनाई फरार रहेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं.१० डुंगे घर भएका २५ वर्षीय दिपेन गुरुङ भन्ने सन्त बहादुर मगरलाई पक्राउ गरिएको हो ।

एक महिलालाई कुटपिट गरी गम्भिर घााइते बनाएर पोखरा १८ गुफाडाँडास्थित झाँडीमा फालेको घटना अनुसन्धान गर्दै जाँदा मगर संलग्न भएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

महिलालाई कुटपिट गरी नगद चार हजार र एक थान मोवाइल समेत लुटेको प्रहरीले जनाएको छ ।

कास्की जिल्ला अदालतबाट कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा  सात दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives