पोखरा, ७ साउन । महिलालाई कुटपिट गरी घाईते बनाई फरार रहेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं.१० डुंगे घर भएका २५ वर्षीय दिपेन गुरुङ भन्ने सन्त बहादुर मगरलाई पक्राउ गरिएको हो ।
एक महिलालाई कुटपिट गरी गम्भिर घााइते बनाएर पोखरा १८ गुफाडाँडास्थित झाँडीमा फालेको घटना अनुसन्धान गर्दै जाँदा मगर संलग्न भएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।
महिलालाई कुटपिट गरी नगद चार हजार र एक थान मोवाइल समेत लुटेको प्रहरीले जनाएको छ ।
कास्की जिल्ला अदालतबाट कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।
Related News
सम्बन्धित समाचार
आलु महोत्सव भोली सकिदै
कृषिको उत्सव आलु महोत्सव
महोत्सवमा १७ लाख बढीको आलु कारोवार
हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो
आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता