हरिचोक देखि याम्दीसम्मको सडक अवस्था बारे प्रशासनलाई ध्यानाकर्षण

राष्ट्र न्यूज सम्वाददाता
असार ३१, २०८०
Deligation 1

पोखरा, ३१ असार । पोखरा महानगरपालिका वडा नं २५ वडा कार्यालयको नेतृत्वमा निर्माणाधीन मध्यपहाडी लोकमार्गको हरिचोक देखी याम्दी सढकखण्डको अवस्था बारे जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराइएको छ ।

पोखरा २५ का वडा अध्यक्ष मोतिराज तिमिल्सिनाको नेतृत्वमा वडा नं १ का जनप्रतिनिधि र पोखरा २५ का राजनीतिक दलका प्रमुखहरु जिल्ला प्रशासन कार्यालय पुग्नुभएको हो ।

हरिचोक देखी याम्दी खण्डमा सवारी साधन तथा पैदल यात्रुहरु आवाजजावत गर्दा जुनसुुकै बेला पनि दुर्घटना हुन सक्ने उच्च जोखिम रहेकाले प्रशासनको ध्यानकर्षण गराउनु परेको पोखरा २५ का वडा अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

त्यस विषयमा पटक पटक मध्यपहाडी लोकमार्ग आयोजना र निर्माण व्यवसायीलाइ ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले ध्यानाकर्षण पत्र बुझाइएको बताइएको छ । ध्यानकर्षण गराए सँगै आज नै सडकको मर्मत कार्य शुरु भएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives