पोखरा, ३० असार । उद्योग, पर्यटन, वन तथा बातावरणमन्त्री दिपेन्द्र बहादुर थापाले कर्मचारीहरुले जनताको चाहाना र मनोभावना बुझेर काम गरेमा मात्र नागरिकले सरकारका सकारात्मक काम अनुभुति गर्न सक्ने बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी युनियन कास्कीले माछापुच्छ्रे गाउँपालिकाको अस्तामका आयोजित वार्षिक प्रगती समिक्षा एवं अन्तरक्रियाको शनिबार उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।
उहाँले कर्मचारी प्रशासन भनेको मुलुकको स्थायी सरकार रहेकाले सुशासन, पारदर्शिता र जनमुखी कार्यको पहिलो आधार रहेको बताउनुभयो । मन्त्री थापाले जनताका काम गर्न कानुनका छिद्र खोज्ने र रस्व, दिर्घ हेरेर मात्र होइन्, कानुनलाई व्यवहारिक रुपमा हेरेर पनि कर्मचारीले जनतालाई सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राम्रो काम गर्ने कर्मचारीलाई प्रदेश सरकारले उच्च मुल्याङ्कन गर्ने बताउँदै सरुवा–बढुवामा पनि न्याय हुने उल्लेख गर्नुभयो । उहाँले कर्मचारी एउटा मोटरको इन्जिन हो भने सरकार चालक हो, चालकलाई सफल बनाउने वा असफल बनाउने भन्नेमा इन्जिनको भूमिका रहे जस्तै सरकार सफल बनाउन कर्मचारीको योगदान उल्लेखनीय रहने बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले वन ऐन ल्याउन नसक्दा विकास निर्माणमा पार्ने प्रभावदेखि लिएर विदेशी काठको आयातले ठूलो धनराशी बाहिरिएकाले यसै सदनमा वन ऐन ल्याउन तयारी भैरहेको उल्ल्ेख गर्नुभयो ।
गण्डकी प्रदेशका सांसद प्रकाश बरालले सरकारले गर्ने सेवा प्रवाहको माध्यम नै कर्मचारी रहेकोले सरकारका निती कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव एवं प्रशासनीक विज्ञ बाबुराम आचार्यले सरकारले कर्मचारीको मनोबल उच्च बनाइ सँगसँगै लैजान सकेमात्र सरकारले लिएको लक्ष्य पूरा हुन सक्ने बताउनुभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले राजनीतिक अस्थिरताले कर्मचारीतन्त्रमा पनि अस्थिरताको वातावरण निम्त्याउने बताउनुभयो ।
नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले कर्मचारीको हकहितका लागि युनियनका गतिविधि आवश्यक रहेको बताउँदै संघीय निजामती ऐन समयमा आउन नसक्दा कर्मचारी मात्र नभए मुलुकको बिकास प्रक्रिया पनि पछाडि परेको बताउनुभयो । उहाँलाई सो अवसरमा सम्मान समेत गरिएको थियो ।
नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठले युनियन कर्मचारीका हकहितका लागि मात्र नभइ सार्वजानिक प्रशासनलाई चुस्तदुरुस्त बनाई छिटो छरितो सेवा प्रवाह गरी सरकारको सहयोगीको रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका उपसभापति युवराज कुँवर, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष पुरन गुरुङ, युनियन गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मी, नेपाली काँग्रेस कास्कीका सहसचिव नविन सिग्देल, उर्जा मन्त्रालयका उपसचिव माधव मरासिनी, कर्मचारी युनियन कास्कीका उपाध्यक्ष केदार सापकोटा, सचिव सुमन शर्मा लगायतले कर्मचारीका हकहितका बारेमा बोल्नुभएको थियो ।
नौ जिल्लाका अध्यक्ष एवं पदाधिकारीको सहभागिता रहेको सो कार्यक्रममा विभिन्न कार्यालयमा सरुवा हुनुभएका कर्मचारीहरुलाई स्वागत गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
माछापुच्छे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी