वडाका नागरिकलाई निशुल्क एम्बुलेन्स

राष्ट्र न्यूज सम्वाददाता
असार २८, २०८०
Ambulance

पोखरा, २८ असार । पोखरा महानगरपालिका वडा नम्बर १३ ले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।

वडाध्यक्ष किरण बरालले विहिबारदेखि निशुल्क एम्बुलेन्स सेवा सुरु गर्नुभयो । वडाका सबै विरामी नागरिकले पोखराका जुनसुकै अस्पतालमा पुग्दा पनि एम्बुलेन्सको भाडा तिर्न नपर्ने बरालले बताउनुभयो ।

‘आजपनि सामान्य विरामी हुँदा उपचार गर्ने खर्च नागरिकसँग छैन । अस्पताल पुग्न एम्बुलेन्सलाई तिर्ने भाडा छैन,’ उहाँले भन्नुभयो, महानगरभित्र बसेर पनि महानगरबासीको महशुस गर्न पाउनुभएको छैन । आज सानो खुसीको खवर तपाईंहरुलाई, पोखरा १३ ले आजैका दिनदेखि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको खवर सुनाउन पाउँदा खुसी लागेको छ ।’

यसअघि पनि उहाँले छात्रवृत्तिदेखि जेष्ठ नगारिक र अपांगता भएकाहरुका लागि विभिन्न कार्यक्रम ल्याउनुभएको थियो ।
एम्बुलेन्स सञ्चालनका लागि वडाले वार्षिक ४ देखि ५ लाख खर्च गर्ने छ । ‘एम्बुलेन्स निशुल्क चलाउँदा वर्षमा ४ देखि ५ लाख हुने अनुमान छ । त्यो रकम वडाले व्यहोर्छ,’ उहाँले भन्नुभयो, ‘हामी अन्य सहयोगी पनि खोजिरहेका छौं ।’ एम्बुलेन्स सेवाका लागि विरामी वा आफन्तले खवर गर्नुपर्छ ।

वडामै भएका स्वास्थ्य संस्थालाई प्रभावकारी र उपकरणयुक्त बनाउने अभियानमा आफु लागेको बरालले बताउनुभयो।

Related News

सम्बन्धित समाचार

Archives

Archives