जानकी माविमा वन विज्ञानको पढाई

राष्ट्र न्यूज सम्वाददाता
असार २७, २०८०
janaki mb

गण्डकी, २७ असार । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा तीन बर्षे वन विज्ञानको पढाई सञ्चालन गरिएको छ ।

गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र सिटिइभिटीको अनुमतिमा गत बर्षदेखि उक्त पढाईका कक्षा सञ्चालन गरिएको हो । पहिलो बर्षमा १६ जना विद्यार्थी र आठ जना शिक्षक शिक्षिक अध्ययन अध्यापन भई रहेको छ । उक्त बिषयमा पढाई सञ्चालन गर्ने जानकी जिल्लामा पहिलो भएको वन विज्ञान संयोजक शंकर भण्डारीको दावी छ ।

उहाँका अनुसार विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको प्रभावकारी र गुणस्तर बनाउनका लागि पोखरा महानगरपालिकाको २२ लाख ५० हजार रुपैयाको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरि सञ्चालन गरिएको छ ।

तीन बर्षे डिप्लोमा तहको उक्त पढाईको लागि प्रति विद्यार्थीबाट एक लाख २५ हजार शुल्कको व्यवस्था गरिएको छ । विद्यार्थीले उक्त रकम मध्ये पहिलो वर्ष ४० प्रतिशत र दोश्रो र तेश्रो बर्षमा ३०। ३० प्रतिशतका दरले शुल्क बुझाउनु पर्ने छ ।

विद्यालयले लिने प्रवेश परिक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने एक जना विद्यार्थीलाई वहुप्राविधिक शिक्षालय एवम् पोखरा महानगर, सिटिभिटी र पोखरा १७ वडा कार्यालयबाट पनि छात्रवृत्तिको व्यवस्था भएको उहाँले जानकारी दिनुभयो । वन विज्ञान अध्ययनका लागि विद्यालयले प्रत्येक वर्ष ४० जना विद्यार्थी भर्ना गर्न पाउने अनुमति प्राप्त गरेको छ ।

वन विज्ञान बिषयलाई गुणस्तरीय र थप प्रभावकारी बनाउनका लागि सोही स्थानको भित्री गाउँमा रहेको खेल मैदानमा सुविधा सम्पन्न पक्कि भवन निर्माण भई रहेको विद्यालयका प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिनुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५० लाखको लागतमा निर्माणाधिन दुई तल्ले चारकोठे उक्त भवनमा वन विज्ञानका दोश्रो र तेश्रो बर्षका कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको उहाँको भनाई छ । विद्यालयमा हाल तीन सय ५० जना विद्यार्थी अध्ययनरत छन् । सामुदायिक विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर कायम गर्दै प्राविधिक बिषयको पढाईलाई जोड दिदै आएका छन् ।

रुचि भएर पनि पाएक पर्ने स्थानमा कक्षा सञ्चालन नहुँदा प्राविधिक शिक्षाबाट बञ्चित विद्यार्थीका लागि सामुदायिक विद्यालयमा पिभिन्न बिषयका प्राविधिक कक्षा सञ्चालन भएपछि विद्यार्थीका लागि वरदान सावित भएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives