‘उज्योलो गण्डकी प्रदेश’ का विषयमा मुख्यमन्त्री पाण्डे र कुलमान घिसिङ बीच छलफल

राष्ट्र न्यूज सम्वाददाता
असार २२, २०८०
Ujalo

पोखरा, २२ असार । गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत पु¥याउने विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बीच छलफल भएको छ ।

शुक्रवार भएको भेटघाटमा मुख्यमन्त्री पाण्डेले सरकारले लिएको ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक भएको बताउनुभयो ।

गण्डकी प्रदेशका ९९.५ प्रतिशत घरमा विद्युत पुगिसकेकाले बाँकी घरमा विद्युतीकरणका लागि सरकार र प्राधिकरणले मिलेर अघि बढ्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

ग्रिडलाईन, लघु जलविद्युत र शौर्य उर्जाबाट पनि विद्युतीकरण भएको बताउँदै उहाँले सकेसम्म सबै ठाउँमा ग्रिडलाईन बिस्तार गर्ने गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

छलफलमा कार्यकारी निर्देशक घिसिङले तत्काल उज्यालो पु¥याउन दुर्गम ठाउँहरुमा लघु जलविद्युत, शौर्य उर्जा पनि प्रभावकारी हुने बताउनुभयो । साथै उहाँले प्राधिकरणले ग्रिडलाईनबाट विद्युत पु¥याउने गरी काम अघि बढाइरहेको जानकारी दिनुभयो ।

उज्यालो गण्डकी प्रदेश कार्यक्रमलाई सहयोग पुग्ने गरी सव स्टेशनहरु निर्माण, ग्रिडलाईन बिस्तारको काम अगाडि बढेको घिसिङले मुख्यमन्त्रीलाई जानकारी गराउनुभयो ।

पछिल्लो केही समय यता विद्युत छिनछिनमा अनियमित हुँदा उपभोक्ताले गुनासो गर्ने गरेको, उद्योग, ब्यापार ब्यवसायमा समस्या भएकाले समाधान तर्फ ध्यान दिन मुख्यमन्त्री पाण्डले अनुरोध गर्नुभयो । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका बारेमा पनि मुख्यमन्त्री पाण्डेले चासो दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives