फर्मास्युटिकल एसोसियशन गण्डकीमा पौडेल

राष्ट्र न्यूज सम्वाददाता
असार २२, २०८०
Pharmasuitical

पोखरा, २२ असार । नेपाल फर्मास्युटिकल एसोसिएशन (एनपिए) गण्डकी प्रदेशको अध्यक्षमा वरिष्ठ फर्मासिस्ट उपप्राध्यापक प्रकाश पौडेल निर्वाचित हुनुभएकोे छ ।

औषधि विज्ञानको पुरानो संस्थाको रुपमा रहेको एसोसिएशनको पोखरामा सम्पन्न प्रथम अधिवेशनले पौडेललाई अध्यक्षमा निर्वाचित गरेको हो । उपप्राध्यापक पौडेल गण्डकी विश्वविद्यालय अन्तर्गत औषधि विज्ञान संकायका संयोजक हुनुहुन्छ ।

कार्यसमितिको उपाध्यक्षमा नवराज बास्तोला, सचिवमा विजय त्रिपाठी, कोषाध्यक्षमा कुशल सुवेदी र सदस्यहरुमा शोभित पौडेल, युवराज पौडेल, महिला सदस्यमा अमृता अधिकारी निर्वाचित हुनुभएको छ ।

नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा मतदान भएको थियो भने बाँकी अन्य पदहरुमा निविरोध भएको हो ।

कार्यसमिति चयनका लागि अधिवक्ता नारायण प्रसाद तिवारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचित कार्यसमितिका पदाधिकारी एंव सदस्यहरुलाई निर्वाचन संयोजक तिवारी, नेपाल फर्मास्यूटिकल एसोसिएशनका केन्द्रीय अध्यक्ष ललितमोहन पन्त, महासचिव संजिव कट्टेल, प्रचार सचिव अनिश श्रेष्ठ र नेपाल फार्मेसी फार्मेसी परिषद (एनपिसि) का रजिस्ट्रार संजिव पाण्डे लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives