पोखरामा अन्तरदोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता हुने

राष्ट्र न्यूज सम्वाददाता
असार २०, २०८०
dohari

पोखरा, २० असार । पोखरामा अन्तरदोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता हुने भएको छ । विन्दवासिनी दोहोरी साँझ प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।

असार २२ देखि २६ गतेसम्म हुने प्रतियोगितामा पोखराका दोहोरी साँझमा गाउने लोकदोहोरी गायकगायिकाबीच प्रतिस्पर्धा हुनेछ ।

विन्दवासिनी दोहोरी साँझ पुन संचालनमा आएको विषयलाई जानकारी दिने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संचालक विरेन्द्र केसीले बताउनुभयो ।

दोहोरी प्रतियोगितामा विजेता समूहले क्रमशः ३० हजार, २० हजार, १० हजार नगद सहित मेडल, ट्रफी पुरस्कार पाउनेछन् । सान्तवना हुने टिमलाई पाँच हजारको पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यस्तो खालको प्रतियोगिता नेपालमा नै पहिलो पटक भएको दाबी केसीको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives