पोखरा ४ मा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता

राष्ट्र न्यूज सम्वाददाता
असार २०, २०८०
IMG20230624153542

पोखरा, २० असार । पोखरा महानगरपालिका वडा नं ४ को वडा स्तरीय बाल मञ्चको आयोजना र पोखरा महानगर वडा नं ४ को समन्वयमा बालबालिकाको क्षमता अभिवृद्धिको लागि विद्यालय स्तरीय चित्रकला प्रतियोगिता भएको छ ।

बालबालिका सँग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत भएको प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना क्रमशः एलजिना राई (फेवा पब्लिक विद्यालय), फियोना गुरुङ (पश्चिमाञ्चल विद्यालय ), क्षितिज अधिकारी (फेवा पब्लिक विद्यालय ), आयुस पराजुली (केफ माध्यमिक विद्यालय ) र आरोण बाबू लिगल ( गुरुकुल विद्यालय) हुनुभयो । उहाँहरुले चार हजार, तीन हजार, दुई हजार र एक हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

वडा अध्यक्ष देवकृष्ण पराजुलीले बालकालिकाहरुको प्रतिभा प्रस्फुटनको लागि प्रतियोगिता आवश्यकता हुने बताउनुभयो ।

वडा सदस्य प्रकाश कोइरालाले विद्यालयको शिक्षाले मात्र नहुने भएकोले यस्ता प्रतियोगिता आगामि दिनमा पनि गरिने बताउनुभयो ।

वडा सदस्य पार्वती माकाजु, विष्णुमाया परियार लगायतले बालबालिकाहरुको लागि विभिन्न प्रतियोगिताहरु भइरहनु पर्ने र वडा बाल मञ्च र बाल संरक्षण समितिको आग्रह अनुसार नै आगामि कार्यक्रमहरु हुने उल्लेख गर्नुभयो ।

प्रमुख निर्णायक विश्वकला यात्री प्राज्ञ नगेन सिंहले कला कहिल्यै नराम्रो नहुने भएकोले पुरस्कृत नभए पनि आफ्नो सिर्जना गरिरहनुपर्ने बताउनुभयो ।

प्रतियोगितामा वडा नं ४ का २१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागी सबैलाई आर्ट पेपर र पेष्टल कलर आयोजकले उपलब्ध गरााएको थियो ।

अन्य निर्णायकमा वडा बाल मञ्चको सल्लाहकार स्वईच्छा सुवेदी र पत्रकार कलाकार ज्योति हमाल हुनुहुन्थ्यो ।

वडा बाल मञ्च अध्यक्ष सुयोग कोइरालाको अध्यक्षतामा भएको कार्यक्रम सचिव एलिसा पराजुलीले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives